Responsive Ad Slot

Latest

latest

भट्टराईले राजिनामा दिनुको विकल्प छैनः अध्यक्ष खनाल

Monday, 6 February 2012

/ by Bikash Shah (Ghayal)
काठमाडौ, माघ २४ नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले प्रधानमन्त्री बाबुराम भट्टराई ले राजिनामा दिनुको विकल्प नभएको बताएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा उनले सरकार पूर्णरुपमा असफल भएकाले त्यसलाई फेर्नु अनिवार्य भएको बताए।


प्रधानमन्त्रीले राजिनामा दिएर राष्ट्रिय सहमतिको सरकारका लागि चाडो भन्दा चाडै मार्ग प्रसस्त गर्नु पर्ने उनले बताए।
उनले प्रधानमन्त्री भट्टराई नेतृत्वकै सरकारले राष्ट्रिय सहमतिको स्वरुप लिने सम्भावना शुन्य बराबर हरेको भन्दै सहमतिको सरकारका लागि नयाँ आधार निर्माण गर्नु पर्ने बताए। उनले भने- 'यो सरकारलाई राष्ट्रिय सहमतिको सरकारमा बदल्नु भनेको समयको बर्बादी मात्र हो।'
अध्यक्ष खनालले सरकारलाई लुलो बैसाखी टेकेको सरकारको संज्ञा दिदै जुनसुकै बेला पनि सरकार ढल्ने दावी गरे। उनले थपे- 'यो सरकार आफ्नै कारणले अलग थलग भइसकेको छ। कुनै पनि बेला ढल्न सक्छ।'

प्रधान मन्त्रीले राजिनामा दिनु भएन भने के गर्ने ? सन्चारकर्मीले राखेको जिज्ञासामा खनालले सहमतिको सरकार निर्माण र अहिलेको सरकारको विघटनका लागि एमाले जस्तो सुकै कदम चाल्न पनि तयार रहेको स्पष्ट पारे।

माओवादी ठूलो पार्टी र शान्ति प्रक्रियाको प्रमुख पक्ष भएको नाताले निर्वाह गर्नु पर्ने भूमिका निर्वाह गर्न नसकेको आरोप लगाउँदै शान्ति र संविधान निर्माणको कार्यमा अवरोध हुनुको प्रमुख दोषी माओवादी रहेको दावी गरे।

उनले कार्तिक १५ गते भएको सात बुँदे र मंसिर १३ गते भएको छ बुँदे सहमति कार्यान्वयन नगरेर सरकारले आफ्नो औचित्य आफै समाप्त गरेको दावी गर्दै माओवादीकै अवरोधका कारण राष्ट्रिय सहमति बन्न नसकेको आरोप लगाए।

खनालले दलहरुवीच निर्वाचन प्रणाली, शासकीय स्वरुप, न्यायप्रणाली, नागरिकता र राज्यको पुर्नसंरचनाको विषयमा विवाद कायमै रहेको भन्दै सहमतिकोलागी बुधबार विहान ८ बजेदेखि गोकर्ण रिसोर्टमा निरन्तर बैठक बस्ने जानकारी दिए।

खनालले शासकीय स्वरुपमा पनि सहमति बन्ने आधार प्रयाप्त रहेको भन्दै राज्यपुर्नसंरचनाको विषयमा भने गंभिर छलफल गर्नु पर्ने आवश्यकता औल्याए। राज्यपुर्नसंरचना आयोगको प्रतिवेदन लंगडो भए पनि त्यस प्रतिवेदनलाई स्विकार्दै दलहरुले छलफल गरेर एउटा निष्कर्स निकाल्नु पर्ने बताए।
उनले जनसत्ताको निर्णय फिर्ता नलिई संसद बैठक चल्न नसक्ने भन्दै दलहरुवीचको विश्वासको बातावरण निर्माण गर्न पनि निर्णय फिर्ता अनिवार्य भएको दावी गरे।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI