Responsive Ad Slot

Latest

latest

निकुञ्ज भित्र सेनाको गोलीले एकको मृत्यु

Monday, 6 February 2012

/ by Bikash Shah (Ghayal)
चितवन, माघ २४ - चितवन राष्ट्रिय निकुञ्जभित्र काठ तस्करी गर्दै गर्दा सेनालाई देखर भाग्न खोजेपछि सेनाले चलाएको गोली लागी एकजनाको मृत्यु भएको छ भने एकजना पक्राउ परेका छन् ।

सो क्रममा तीनजना भाग्न सफल भएको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । राष्ट्रिय निकुञ्ज राप्ति र लोथर नदीको बीच भागमा राति गस्ती गर्ने क्रममा निकुञ्ज सुरक्षार्थमा खटिएको सेनासँग जम्काभेटमा गोली लागी पिप्ले गाविस वडा नं २ रोशन प्रजाको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी गणेशराज कार्कीले जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI