Responsive Ad Slot

Latest

latest

घट्टेकुलोमा पनि ग्यास खोसियो

Monday, 6 February 2012

/ by Bikash Shah (Ghayal)
gas
काठमाडौं, माघ २४ - चर्को अभाव झेरिरहेका मैतिदेवी–घट्टेकुलो क्षेत्रका उपभोक्ताले मंगलबार बिहान श्रीकृष्ण ग्यासको गाडी नियन्त्रणमा लिएका छन् ।

स्थानीय डिलर नविन किराना पसलमा ग्यास भित्र्याउनै लाग्दा सुइँको पाएर पुगेका उपभोक्ताले गाडी नियन्त्रणमा लिइ ग्यास बाँडेका छन् । डिलर मालिकले बाटोबाटै ग्यास दिन नमानेपछि उपभोक्ताले सहज वितरण नभए ‘जे पनि हुन सक्छ’ भन्दै आक्रोसित भएपछि ग्यास बाँडिएको हो ।

उपभोक्ताले गाडी रोकेपछि पुगेको प्रहरी टोलीले पनि ग्यास बाँड्न सहयोग गरेको थियो । कलंकीस्थित डिपोबाट ल्याइएको श्रीकृष्ण ग्यासको बा ६ च ५४८१ नम्बरको टाटा मोबाइलमा ल्याइएको ७० सिलिण्डर ग्यास उपभोक्ताले नियन्त्रणमा लिएका हुन् ।

डिलर मालिकले सिलिण्डर लुकाएर महँगो मूल्यमा बेच्ने गरेको स्थानीय उपभोक्ताको आरोप छ । मंगलबार पनि अनेक बहाना गरेर ग्यास लुकाउन खोजिएको थियो, उपभोक्ताले ‘गाडीमा किचिन तयार छौं, छाड्दैनौं’ भनेपछि ग्यास बाटैमा बाँड्न बाध्य पारिएको थियो ।

यसअघि भक्तपुरका उपभोक्ताले हिमाल ग्यासका पाँच वटा गाडी नियन्त्रणमा लिई पैसा तिरेर ग्यास खरिद गरेका थिए । राजधानीकै डल्लुमा भने उपभोक्ताको प्रयास विफल भएको थियो । असुरक्षा बढेपछि प्रहरीले ग्यासका गाडीलाई स्कर्टिङ दिन सुरु गरेको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI