Responsive Ad Slot

Latest

latest

वाईसीएलले केन्द्रीय सदस्य चढेको गाडी खोसे

Monday, 6 February 2012

/ by Bikash Shah (Ghayal)
धनगढी, माघ २४ - लडाकु सरह सुविधाको माग गर्दै आन्दोलनमा रहेका वाईसीएलले सातौं डिभिजनको मुख्यालय तालावन्द जाने बाटो अवरुद्ध पार्नुका साथै दार्चुलाको गुकुलेश्वरमा स्थायी समिति सदस्य र्धमेन्द्र बास्कोटा चढेको गाडीलाई नियन्त्रणमा लिएका छन् ।

वाईसीएलका केन्द्रीय सदस्य ललित थापाले सोमवार बेलुका सातौं डिभिजनमा जाने अवरुध पारेको बाटोलाई प्रहरीले खुलाएकोमा आक्रोस ब्यक्त गर्दै नेता र कमान्डरका बिरुद्ध खवरदारी गर्नका लागि गरिएका बिरोध कार्यक्रमलाई प्रहरी प्रशासनले हस्तक्षेप गरेमा सुदुरपश्चिम बन्दको आहृवान गर्ने चेतावनी दिए । उनले भने 'यो हाम्रो आन्तरिक संघर्षको लडाईमा जनतालाई अप्ठारो पार्ने काम गर्ने छैनौ ।' उनले प्रहरी प्रशासनले आन्तरिक संघर्ष भित्र हस्तक्षेप समेत नगर्न आग्रह गरे ।

वाईसीएलले पार्टी कार्यलयमा पनि ताला लगाएका छन् । चन्दले नेता र कमान्डर बिरुद्धको आन्दोलन जारी राख्ने बताएका छन ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI