Responsive Ad Slot

Latest

latest

धादिङमा अब नीलकण्ठ नगरपालिका, ४१ वटा नयाँ नगरपालीका थपियो




धादिङ सदरमुकाम धादिङबेसी सहित आसपासका क्षेत्रलाई समेटेर भोली देखि लागु हुने गरी नीलकण्ठ नगरपालीका घोषणा गरिएको छ । स्थानीय स्वायत्त शासन ऐन, २०५५ को प्रावधान बमोजिम यसअघि गठित प्राविधिक समितिले सिफारिश गरेको अनुसूचीमा उल्लेख भएका थप ४१ वटा नयाँ नगरपालिकाहरुलाई घोषणा गरिएको छ । अर्थमन्त्री भरत मोहन अधिकारीले हिजो संसदमा प्रस्तुत गर्नुभएको बजेट मार्फत स्थानीय विकास मन्त्रालयको सिफारिसमा यस्तो घोषणा गर्नुभएको हो । नगरपालिका घोषित भएकामा धेरैजसो जिल्ला सदरमुकाम रहेका छन् । एक महानगरपालीका, पाँच उपमहानरसहित र नगरपालिकाको संख्या अब ९९ पुगेको छ । १ सय ६१ वटा सहरोन्मुख गाविसलाई समायोजन गरेर ४१ नगर घोषणा गरिएको हो । अब गाविसको संख्या ३ हजार ९ सय १२ बाट घटेर ३ हजार ७ सय ५२ वटा भएका छन् ।

स्थानीय विकास मन्त्रालयका सहसचिव दिनेश थपलियाले सडक यातायात, खानेपानी, स्वास्थ्य, टेलिफोन, शिक्षाजस्ता भौतिक तथा सामाजिक पूर्वाधार पुगेको, कर दस्तुरबाट १० लाख रुपैयाँ भन्दा बढी आम्दानी हुने र कम्तीमा २० हजार जनसंख्या भएको क्षेत्रलाई नगरपालीका घोषणा गरिएको जानकारी दिनु भयो । थपलियाका अनुसार ललितपुर, तनहुँ, धनुषा, सप्तरी, नवलपरासी र अछाम गरी छ वटा जिल्लामा दुई(दुईवटा नगरपालिका घोषणा गरिएको छ । ललितपुरमा कार्यविनायक र चम्पापुर, तनहुँमा बन्दीपुर र खैरेनीटार–दुलेगौंडा, धनुषामा धनुषाधाम र सखुवा–महेन्द्रनगर, सप्तरीमा मोहनपुर–कल्याणपुर र कञ्चनपुर–रूपनगर, नवलपरासीमा गैंडाकोट र सुनौल तथा अछामको मंगलसेन र साँफेबगर नगरपालिका घोषणा भएका छन् । अछामबाहेक बाँकी पाँच जिल्लामा नगरपालिकाको संख्या तीनरतीनवटा पुगेको छ । घोषित अन्य नगरपालिकाहरुमा धादिङ सदरमुकाम स्थित नीलकण्ठ नगरपालीका, सिन्धुपाल्चोकको चौतारा, काभ्रे पलाञ्चोकको पाँचखाल, काठमाडौंको शंखरापुर, लमजुङको बेंसीसहर, पर्वतको कुस्मा, म्याग्दीको बेनी, गुल्मीको तम्घास, अर्घाखाँचीको सन्धिखर्क लगायत रहेका छन् ।

कुन–कुन हुन त नयाँ नगरपालीकाहरु ?


धादिङको नीलकण्ठ (सदरमुकाम), ललितपुरमा कार्यविनायक र चम्पापुर तनहुँमा बन्दीपुर र खैरेनीटार-दुलेगौंडा, धनुषामा धनुषाधाम र सखुवा-महेन्द्रनगर, सप्तरीमा मोहनपुर-कल्याणपुर र कञ्चनपुर-रूपनगर, नवलपरासीमा गैंडाकोट र सुनौल, अछाममा मंगलसेन र साँफेबगर, ताप्लेजुङको ताप्लेजुङ (सदरमुकाम), पाँचथरको सदरमुकाम फिदिम, झापाको बिर्तामोड, मोरङको उर्लाबारी, तेह्रथुमको सदरमुकाम म्याङलुङ, भोजपुरको भोजपुर (सदरमुकाम), खोटाङको सदरमुकाम दिक्तेल, उदयपुरको कटारी, सिराहाको रामनगर-मिर्चैया, महोत्तरीको निगौल-गौशाला, रामेछापको मन्थली, सर्लाहीको हरिवन, रौतहटको चन्द्रनिगाहपुर, बाराको जितपुर, सिन्धुपाल्चोकको चौतारा, काभ्रेपलाञ्चोकको पाँचखाल, काठमाडौंको शंखरापुर, लमजुङको लमजुङ (बेंसीसहर), पर्वतको सदरमुकाम कुस्मा, म्याग्दीको सदरमुकाम बेनी, गुल्मीको सदरमुकाम तम्घास, अर्घाखाँचीको सदरमुकाम सन्धिखर्क, प्युठानको सदरमुकाम प्युठान (खलंगा), सल्यानको सदरमुकाम सल्यान (खलंगा), बाँकेको कोहलपुर, बर्दियाको राजापुर, बझाङको सदरमुकाम चैनपुर र जुम्लाको सदरमुकाम चन्दननाथ भोलीबाट नगरपालीका हुने भएका छन् ।


रामचन्द्र भण्डारी
जनाचासी अनलाइन ब्लग

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI