
काँकडभिट्टा, मंसिर १८ - झापाका छुट्टाछुट्टै स्थानमा आइतबार बिहान हात्तीको आक्रमणमा दुई महिलाको मृत्यु भएको छ । अर्का एक घाइते भएका छन् ।
जंगली हात्तीको आक्रमणमा बुधबारे– ९ की ६५ वर्षीया श्रीमाया सुब्बा र खुदुनाबारी– ५ की अन्दाजी ४५ वर्षीया सावित्रा ओझाको मृत्यु भएको हो । सुब्बाको उपचारका लागि विर्तामोड लैजाँदै गर्दा र ओझाको उपचारकोक्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
सोही हात्ती समूहको आक्रमणमा बुधबारे– ९ का मानबहादुर माझी घाइते भएका छन् । सामान्य अवस्थाका उनको स्थानीय क्लिनकमा उपचार भइरहेको छ ।
No comments
Post a Comment