Responsive Ad Slot

Latest

latest

मेरो जीवन साथीको यूनिटमाथि सांघातिक आक्रमण / क्यामेरा पर्सनको टाउको फुट्यो I

Saturday, 3 December 2011

/ by कृष्णपक्ष थापा
अनुप भट्टराई,

हिरोईन तानातानको विवादले तनाव झेलिरहेको चलचित्र 'मेरो जीवनसाथी ' को यूनिटमाथि सांघातिक आक्रमण भएको छ ।

अबेर गरी प्राप्त समाचार अनुसार शुक्रबार साँझ पौने नौ बजेको समयमा अनामनगर स्थित नूतन स्टूडियोमा छायाकंनरत उक्त यूनिटमाथि स्थानिय युवाहरूले ढुङ्गा मुढा र रडले आक्रमण गर्दा क्यामेरापर्सन रामेश्वर कार्की चार टाँका लगाउने गरी घाइते भएका छन् भने प्रोडयूसर जिवन टण्डन सहित केहि प्राबिधिक पनि आक्रमणको सिकार भएका छन् । टाउको फुटे लगत्तै उपचारका लागि क्यामेराम्यान कार्कीलाई मिनभवन स्थित सिभिल सर्भिस हस्पिटल पुर्‍याइएको थियो ।



स्थानिय शान्ति युवा क्लवका सदस्य भन्दै आएका करिब आधा दर्जनको युवाहरूले क्लवको होर्डिङ बोर्डलाई सुटिङ यूनिटको गाडीले भत्काई दिएको भन्दै यूनिट माथि आक्रमण गरेको बुझिएको छ । यस्तै फिल्मीखबरले स्पटमै गएर बुझदा अनामनगर र घट्टेकुलो जोड्ने धोवीखोला पुलमा सो क्लवको होर्डिङ बोर्डको डन्डीमात्र थियो तर सो बोर्ड लामो समय देखि आफूहरूले नदेखेको स्थानिय बासीहरूले जानकारी दिएका छन् ।

यस्तै क्लवको कार्यालय कहाँ छ र कुन अवस्थामा छ भन्ने कुरा पनि आफूहरूलाई थाहा नभएको पुल छेउकी एक किराना ब्यावसायीले जानकारी दिईन् । निर्देशक दिवाकर भट्टर्राईका अनुसार आक्रमणमा संग्लग्न एक युवक सात बजे नूतन स्टूडियो आएर होर्डिङ बोर्ड भत्काएको बिषयमा डिस्कस गरिरहेका थिए तर जव सुटिङ प्याकअप भयो त्यस लगत्तै ती युवाले अन्य साथीलाई बोलाएर आफूहरूलाई आक्रमण गरेको उनले बताए । उनले भने, 'क्लबको होर्डिङ बोर्ड हाम्रो गाडीले भत्काएको हैन धेरै पहिले अर्कै सुटिङ यूनिटको गाडीले भत्काएको हो जुन कुरा उहाँहरूलाई सम्झाउने क्रममा हामी माथि आक्रमण भयो । '



यस्तै नूतन स्टूडियोका इन्चार्ज प्रकाश दाहालले घटना हुदा आफू स्टूडियोमै भएको तर के कारणले आक्रमण भयो भन्ने बारेमा आफूलाई थाहा नभएको बताए । उनले भने, 'ढुङ्गाले लाग्ला भनेर म आफ्नै ज्यान जोगाउन भित्र छिरे ।' आक्रमण गर्न आएका युवाहरूले ढुङ्गा मुडा प्लास्टिका कुर्सि र रडले 'मेरो जिवन साथी' को यूनिट माथि आक्रण गरेको बताईएको छ । आफ्ना प्राविधिक माथि आक्रमण भएपछी चलचित्र प्राविधिक संघले सो घटना प्रति घोर भत्सना गर्दै दोषीमाथि कारबाहीको माग गर्दै तिनकुने प्रहरी चौकीमा शनिबार दिउसो निवेदन दर्ता गरेको छ ।


संघका उपाध्यक्ष मनोज केसीका अनुसार घटनामा प्राविधिकहरूको दोष नभएकाले हामीले कारबाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका हौ त्यसैले कुनै पनि हालतमा दोषीलाई कारबाहीको दायरामा ल्याएर छाड्छौ । करिब ८० प्रतिशत छायाकंन सकिएको 'मेरो जिवन साथी' को बाकी सुटिङ शुक्रबार राति भएको घटना र हिरोईन रागीनी खड्गीलाई दुलही रानीको यूनिटले कञ्जनपुरमा अड्काएर राखेपछी शनिबार देखि स्थगित गरिएको छ ।
filmykhabar

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI