नेपाल चलचित्र पत्रकार संघले भव्य कार्यक्रम गरी यस वर्षको चलचित्र पत्रकारिता पुरस्कार तथा सम्मान प्रदान गरेको छ ।
राजधानीमा भएको एक भव्य कार्यक्रममा सभामुख सुभाषचन्द्र नेम्वाङले रंग पत्रकार भरत शाक्यलाई यसवर्षको चलचित्र पत्रकारिताबाट सम्मान गर्नुभएको हो यो वर्षको चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकारहरु शान्तिपि्रय र नवराज लम्साललाई पुरस्कृत गरिएको छ ।
साथै यो वर्षको मोफसल चलचित्र पत्रकारिता पुरस्कारबाट हेटांैडाका चलचित्र पत्रकार मनिराज गौतमलाई पुरस्कृत गरिएको छ । उनलाई नगद ११ हजार प्रदान गरिएको थियो ।कार्यक्रममा नायक राजेश हमाल, नायिका करिश्मा मानन्धर, नायकहरु भुवन के.सी, राजवल्लभ कोईराला, आयुष रिजाल, श्रीकृष्ण श्रेष्ठ, आकाश अधिकारी लगायतको उपस्थिति थियो ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment