१७ मंसिर, काठमाडौ । एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जुनसुकै चुनौतीको पार गरेर भएपनि माओवादीले राज्य सत्ता कब्जा गरेरै छाड्ने बताउनुभयो ।
आज काठमाडौमा विभिन्न राजनीतिक दलहरुबाट बिद्रोह गरेर पार्टी प्रबेश गर्ने हजार भन्दा बढि युवाहरुलाई स्वागत गर्दै प्रचण्डले जारी शान्ति प्रक्रियाविरुद्ध षडयन्त्र गर्ने कार्य जारी रहेकाले त्यसको लागि माओवादीले आन्दोलनबाट नभइ निर्वाचनको प्रक्रियाबाट सत्ता कब्जा गर्ने दाबी गर्नुभयो ।
प्रचण्डले माओवादी अहिले सरकार कब्जा गरेर मुलुकमा एक कम्युनिष्ट केन्द्र बनाउन आतुर रहेकाले संबिधान जारी पछिको स्थानीय चुनाव कुरेर माओवादी बसिरहेको बताउनुभयो ।
उहाँले शान्ति प्रक्रिया र संविधान लेख्नुको बिकल्प नरहेको भन्दै कसैले बिकल्प खाज्छ भने त्यो जनहित विपरित हुने भएकले त्यसको परिणमा जनताले महङ्गो बनाइदिने चेतावनी दिनुभयो ।
कार्यक्रममा मातृका यादव नेतृत्वको नेकपा माओवादी, क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपाल र जनवादी मोर्चाका एक हजार एक सय भन्दा बढि नेता तथा कार्यर्ताहरु एकीकृत ममाओवादीमा प्रवेश गरेका थिए ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment