१७ मंसिर, वीरगञ्ज । बारामा एकीकृत नेकपा माओवादिको मोहन बैद्य समूहका कार्यकर्ताले आफ्नै पार्टीका सभाषद्को जग्गा पुनः कब्जा गरेका छन् ।
मनहर्वा गाविस-३ मा रहेको ज्योति ग्रुपको २२ विगाहा जग्गा माओवादी बाराका सहईन्चार्ज रञ्जीत पटेलको नेतृत्वमा गएका कार्यकर्ताले पार्टीको झण्डा गाडेर कब्जामा लिएको घोषणा गरेका हुन् ।
ज्योति ग्रुप सञ्चालक पद्म ज्योति माओवादी सभासद हुनुहुन्छ । २०५८ सालमा माओवादीले पहिलोपटक कब्जा गरेको उक्त जग्गा ज्योति सभाषद भएपछि केन्दि्रयस्तरका केहि नेताहरुको पहलमा भूमिहिनबाट खोसेर हामा स्टिललाई बेच्न खोजेकाले आफूहरु बाध्य भएर पुनः कब्जा गर्नुपरेको सहईन्चार्ज पटेलले बताउनुभयो ।
भूमिहिन किसानहरुको उचित व्यवस्थापन नभएसम्म कसैको जग्गा फिर्ता नगर्ने बैद्य पक्षको अडान छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment