Responsive Ad Slot

Latest

latest

काभ्रेको रविओपीमा बस दुर्घटना, दुईको मृत्यु, सयौं घाइते

दीपक धिताल
 साउन १   काभ्रे।काभेको रविओपी गाविस वडा नं. ७ चप्लेटी भन्ने ठाउँमा शनिबार साँझ यात्रुबाहक बस दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । बनेपाबाट रविओपी तर्फ जाँदै गरेको बा २ ख ३३०३ नंवरको यात्रुबाहक बस साँझ ६ बजे दुर्घटना भएको थियो ।  

दुर्घटनामा परी मृत्यु हुनेहरुमा रविओपी गावि वडा नं. ५ की अन्दाजी ३० बर्षकी पवित्रा गिरी र क्याप्टेन भनेर बोलाउने गरिएका बस चालक रहेका छन् । दुर्घटनामा सय भन्दा बढी यात्रु घाइते भएका छन् । अधिकांश घाइतेको अवस्था गम्भीर रहेकाले मृतकको संख्या बढ्ने अनुमान गरिएको छ ।सयभन्दा बढी यात्रु बोकेर गएको उक्त बस सडकबाट झण्डै ५ सय मिटर तल खसेको छ । 

घटनाबारे जानकारी पाएलगत्तै पुगेको प्रहरी र स्थानीयबासीले घाइतेको उद्दार गरी शिरमेमोरियल अस्पताल बनेपा र धुलिखेल अस्पताल ल्याएका छन्। कच्ची सडक र क्षमताभन्दा बढी यात्रु बोकेका कारण बस दुर्घटना भएको अनुमान गरिएको छ

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI