Responsive Ad Slot

Latest

latest

प्रधानमन्त्रीलाई राजीनामा दिएर सहमतिको वातावरण बनाउन एमाले नेता ओलीको सुझाव

 असार ३२ काठमाडौं । नेकपा एमालेका नेता केपी शर्मा ओलीले राजीनामा दिएर सहमतिको वातावरण बनाउन प्रधानमन्त्री झलनाथ खनाललाई सुझाव दिनुभएको छ ।राजधानीमाशनिबार भएको कार्यक्रमपछि संचारकर्मीहरुलाई प्रतिक्रिया दिंदै नेता ओलीले प्रधानमन्त्री खनालले राजीनामा नदिए शान्ति प्रक्रिया र संविधान निर्माण समयमै हुन नसक्ने बताउनुभयो । 

तीन महिनामा शान्ति प्रक्रिया र संविधानको एकीकृत मस्यौदा तयार गर्नुपर्ने भएकाले प्रधानमन्त्री झलनाथ खनालले राजीनामा दिएर सहमतिको आधार तयार पार्नुपर्ने बताउनुभयो । प्रधानमन्त्री आफैले भन्दा पनि अन्य दलहरुको इसारामा राजीनामा नदिएको ओलीको आरोप छ ।

सरकार पुरानै शैलीमा वजेट ल्याएको भन्दै नेता ओलीले आश्वासन बांडेर सरकार लोकप्रिय हुन खोजेको आरोप लगाउनुभयो । बजेट आउनु र नआउनुमा कुनै तुक नरहेको ओलीको जिकिर थियो । उहॉले समय हु“दा काम नगरे अन्तिम समयमा फेरी संविधानसभाको म्याद बढाउने बाहेक केही नहुने बताउनुभयो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI