Responsive Ad Slot

Latest

latest

ठिमी बालसुधार गृहका सात बालक फरार

भरतबन्धु थापा
 असार ३२ भक्तपुर । विभिन्न अपराधमा संलग्न रहेको आरोपमा भक्तपुरको ठिमीस्थित रहेको बालसुधार गृहबाट सात बालक आज विहान फरार भएका छन् ।

अदालतको आदेशमा बालसुधार गृहमा आफनो अवधि परा गरेका बालकहरुलाई सुधार गृहबाट बाहिर निकाली सम्बन्धित व्यक्तिलाई बुझाउनु अघि नै उनीहरु भागेको प्रहरी वृत्त ठिमीले जानकारी दिएको छ ।

ती बालकहरुलाई युसेप नामक संस्थाले सुधार गृहमा राखेको थियो । आफन्तजनलाई बुझाउनु अघि नै बालकहरु फरार भए पनि अदालतले तोकेको समय भुक्तान गरेकाले समस्या नपर्ने भन्दै युसेपले खोजी गर्न चासो नदिएको प्रहरीको भनाई छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI