असार ३२ काठमाडौं । एकीकृत माओवादीको पटक पटक स्थगित हुंदै आएको केन्द्रीय समितिको बैठक भोलि पुनः बस्ने गरी स्थगित भएको छ ।
पार्टी भित्रको अन्तरसंघर्ष व्यवस्थापन गर्न आजको लागि बोलाइएको बैठक भोलिसम्मलाई सरेको हो । केन्द्रीय समितिको बैठक स्थगित भएपनि केन्द्रीय पदाधिकारीबीच आजै केही समय छलफल भएको छ । छलफलमा भोलीको केन्द्रीय समिति बैठकमा पेश हुने एजेण्डाका बारेमा छलफल भएको उपाध्यक्ष नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । असार १० गते तीन दिनका लागि भन्दै स्थगित भएको बैठक २२ दिन बितिसक्दा पनि सुरु हुन सकेको छैन ।
शान्ति, संविधान र पार्टी भित्रको कार्यविभाजनका विषयमा माओवादी भित्र मतभेद छ । कार्यविभाजन परिवर्तनका लागि बहुमतबाट प्रस्ताव लैजाने तयारी गरिरहेको अध्यक्ष प्रचण्ड इतरका नेताहरुले बताएका छन । केन्द्रीय समिति बैठकमा तीनै उपाध्यक्ष्ँ र महासचिव रामबहादुर बादल, सचिव सीपी गजुरेल लगायतले कार्यविभाजनको लागि बहुमत पु¥याउन हस्ताक्षर अभियानै थालेका छन् ।
केन्द्रीय समितिमा १ सय ४९ रहेका मध्ये ६३ जनाको हस्ताक्षर संकलन भइसकेको छ । माओवादी भित्रको अन्तरसंघर्षका कारण देशको राष्ट्रिय राजनीतिसमेत प्रभावित भएको छ
No comments
Post a Comment