Responsive Ad Slot

Latest

latest

पत्रकार महासंघ बेलायत शाखाको निर्वाचन डिसेम्बरमा हुने


असार ३२,बेलायत 

नेपाल पत्रकार महासंघ बेलायत शाखाको पहिलो अधिवेशन आगामी डिसेम्बर महिनामा हुने भएको छ । महासंघले स्विकृति दिएको एक बर्षभित्रमा अधिवेशन गर्नुपर्ने प्रावधान अनुरुप डिसेम्बरमा अधिवेशन हुन लागेको हो । बेलायत शाखाले गत जनावरीमा नेपाल पत्रकार महासंघबाट मान्यता पाएको थियो । बेलायत शाखा संयोजक नविन पोखरेलको संयोजकत्वमा रुइस्लिपस्थित रारा रेष्टुरेण्टमा बसेको पहिलो बैठकले अधिवेशन तयारीका लागि विभिन्न समितिहरु गठन गरेको छ । 

बेलायतस्थित पत्रकार बालमुकुन्द जोशीको संयोजकत्वमा अबिधेशन तयारी समिति चिरन शर्माको संयोजकत्वमा आर्थिक संकलन समिति शशी पौडेलको संयोजकत्वमा नियमावली निर्माण समिति विपिन निरौलाको संयोजकत्वमा जनसम्पर्क समिति तथा पौडेल र श्याम लुईंटेल संयोजक रहने गरी स्मारीका प्रकाशन समति गठन गरीएको छ । शाखाले विभिन्न समितिका संयोजक स्वत सदस्य रहनेगरी एक सचिवालय समिति गठन गरेको छ । सचिवालय समितिमा पत्रकार भगिरथ योगी नविन पोखरेल रमा लामिछाने लगायत समिति संयोजकहरु रहनेछन । 

त्यस्तै संयोजक पोखरेलको संयोजकत्वमा भैपरिआउने निर्णय गर्नका लागि विशेष समिति गठन भएको छ । बैठकले पत्रकार एवं नेपाली टिभि युकेका महाप्रबन्धक प्रविन गुरुङ वैवाहिक बन्धनमा बांधिनुभएकोमा बधाई िदंदै सफल दाम्पत्य जिवनको शुभकामना दिएको छ । बैठकले विराटनगरस्थित पत्रकार खिलानाथ ढकालमाथिको आक्रमणको विरोध गर्दै राजदुतलाई विरोधपत्र बुझाएकोमा नेपाल बृटेन डट कमका सहसम्पादक धर्मराज अधिकारीलाई धन्यबाद दियो । त्यसैगरी बैठकले हल उपलब्ध गराएबापत रारा रेष्टुरेण्टलाई धन्यवाद दिएको थियो । करीब दुई दर्जन पत्रकारहरु भेला भएको शाखाको पहिलो बैठकमा पत्रकार शशी पौडेल भगिरथ योगी तथा चिरन शर्माले विशेष भुमिका निर्वाह गरेका थिए । बेलायत शाखाको अर्को बैठक सेप्टेम्बर ४ आइतबार बस्नेछ । 

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI