Responsive Ad Slot

Latest

latest

अन्तरजातिय बिवाह बन्धनमा बाधिएका जोडीलाई रकम प्रदान

चन्द्रश्वर बस्ताकोटी 
 असार ३२  मुस्ताङ ।अन्तरजातिय बिवाह बन्धनमा बाधिएका जोडीलाई जिल्ला प्रशासन कार्यालय मुस्ताङले रकम प्रदान गरेको छ।

गैरदलित पुरुषसग दलित महिलाको गत असार २६ गते बिवाह दर्ता भएपछि जिल्ला प्रशासन कार्यालयले शुक्रवार जोडीलाई १ लाख रुपैयाको चेक प्रदान गरेको हो । कोवाङ गाबिस बडा नं ९का महेन्द्र तुलाचन सगँ कुञ्जो गाबिस बडानं ७ की अन्जु परियार अन्तरजातिय बिवाह बन्धनमा बाधिएको जिल्ला प्रशाशन कार्यालयका नायब सुब्वा राजेन्द्र शर्माले बताउनु भयो । आर्थीक बर्षको अन्तमा बिवाह दर्ता गर्न आएकाले केन्द्रमा अनुरोध गरि हतार गरेर रकम उपलब्ध गराइएको उहाले बताउनु भयो ।

गत आर्थीक बर्ष ३ जोडीलाई जिल्ला प्रशासनकार्यालयले गैरदलित र दलित बिच अन्तरजातिय बिवाह भए पछि रकम प्रदान गरेको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI