Responsive Ad Slot

Latest

latest

राष्ट्रिय शिवसेना नामक नयाँ पार्टी गठन

 असार ३२ काठमाडौँ। हिन्दुत्वको जगमा मुलुकका प्रजातान्त्रिक शासन ब्यवस्था सहित शान्ति र सुशासन स्थापना गर्दै बैद्धिक साम्यबाद स्थापना गर्ने उद्देश्य सहित राष्ट्रिय शिवसेना पार्टी नामको नयाँ पार्टी गठन भएको छ । शनिबार  रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर नयाँ पार्टी खोलिएको घोषणा गरिएको हो । 

 हिन्दु सभ्यताको आधुनिकिकरणबाट नै नेपाल र नेपालीपन झल्किने हुँदा वैभवशाली हिन्दु सभ्यताको जगमा टेकेर सुशासन, शान्ति र सदभाव तथा प्रजातान्त्रिक तथा प्रजातान्त्रीक पद्धतिको सिद्धान्त अंगिकार गरी बैदिक साम्यबाद अर्थात रामराज्यको परिकल्पना र स्थापना गर्न पार्टीको गठन गरिएको पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष विक्रमबहादुर थापाले जानकारी दिनुभयो । नव गठित पार्टीले “सर्वप्रथम हामि नेपाली हौ तर त्यसभन्दा पहिले हामी हिन्दु हौ” भन्ने नारा अगाडी सारेर हिन्दु राष्ट्र स्थापनामा अभियान चलाउने स्पष्ट पारेको छ । 

विक्रमबहादुर बमको अध्यक्षतामा गठित पार्टीमा बरिष्ठ नेता सुर्यप्रसाद प्रसाई, बरिष्ठ उपाध्यक्ष शान्त बस्नेत, महामन्त्रीहरु निरकुमार सम्बाहाम्फेसहित ३४ सदस्यीय कमिटी गठन गरिएको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI