असार ३२ काठाण्डौ
एकीकृत नेकपा माओवादीको आज बस्ने भनिएको केन्द्रीय समिति बैठक स्थगित भएको छ । दिउँसो एक बजेका लागि बोलाइएको बैठक आन्तरिक तयारी गर्नुपर्ने भन्दै अन्तिम समयमा आएर स्थगित गरिएको हो । आज बस्ने संसदको बैठकमा पेश्की बजेटमा मतदान हुने संभावना रहेको भन्दै बैठक स्थगित गरिएको हो ।
आज बस्ने भनिएको केन्द्रीय समिति र स्थायी समितिको बैठक स्थगित गरेर भोलिको लागि बोलाइएको छ । आन्तरिक विवाद समाधानको उपाय खोज्न अहिले पदाधिकारी बैठक भने बसिरहेको छ । केन्द्रीय समितिको बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बोलाइएको थियो । कार्यविभाजनका विषयमा नेताहरुले आ-आफ्नो प्रस्ताव र दृष्टिकोणहरु अघि सारेपछि माओवादी केन्द्रीय समितिको बैठक बस्न सकेको छैन ।
No comments
Post a Comment