
काठमाडौ, माघ २४ - अमेरिकाले स्वेच्छिक अवकास रोजेका लडाकुलाई शिविरबाट बिदाई गर्ने कार्यको स्वागत गरेको छ । साथै उसले शिविरमा रहेका बाँकी लडाकुको समायोजन प्रक्रिया पनि चाँडै थालिने विश्वास लिएको छ । काठमाडौंस्थित अमेरिकी दूतावासले एक विज्ञप्ती मार्फत पूर्व लडाकुहरु आफ्ना पोशाक उतारी समाजमा फर्किने क्षणलाई शान्ति प्रक्रियाको एतिहासिक क्षण भनेको छ ।
स्वेच्छिक अवकास रोजेका ७ हजार ३ सय बढी लडाकुहरुलाई जिविको पार्जनका लागि राहत रकम प्रदान गरी अहिले शिविरबाट बिदाई गर्ने क्रम जारी रहेको छ । समायोजन प्रक्रियाका बाँकी विषयमा नेताहरुबीच चाँडै सहमति हुने विषयमा अमेरिका आशावादी रहेको विज्ञप्तीमा जनाइएको छ ।
अमेरिकाले लडाकुको समयोजनका लागि निर्माण गर्न लागिएको नेपाली सेना महानिर्देशनालयलाई उपकरण र तालिमका लागि यस वर्ष करीव २० लाख अमेरिकी डलर (साढे १५ करोड रुपैयाँ) बराबरको सहयोग प्रदान गर्ने घोषणा समेत गरेको छ । विज्ञप्तीमा भनिएको छ– ‘आउने हप्ताहरूमा जब समायोजन प्रक्रिया सुरु हुन्छ यो रकम कुन कुन विशेष आवश्यकताहरूका लागि प्रयोग हुनेछन् भन्ने कुराको पहिचान र समन्वयको लागि हामी रक्षा मन्त्रालय र नेपाली सेनाको निकटमा रहेर सहकार्य गर्नेछौं ।’
No comments
Post a Comment