Responsive Ad Slot

Latest

latest

जिन्दगी देखि हारेपछि उनले यसो गरे ..

Sunday, 18 September 2011

/ by कृष्णपक्ष थापा


ऋण तिर्न नसकेर निराश हुनेहरु संसारमा धेरै छन । धेरै लाइ यस्तो समस्याले सताउनु एक स्वाभाविक रुपमा लिईंछ तर यसले मानिसको बाँच्ने अभिलाषा नै गुमाउनेहरु पनि हुन्छन भन्ने उदाहरण यो पछिल्लो घटनाले देखाएको छ । यही सेप्टेम्बर १६ मा ग्रीसका ५५ बर्षीय एक व्यक्तिले आफुले बैंकबाट लिएको कर्जाका सम्बन्धमा म्याद बढाई माग्न गएका थिए । शायद उनको अनुरोधबाट बैंकका अधिकारीहरु राजी भएनन् । त्यसपछि जिन्दगी देखि हारेका उनी बाहिर निस्के र यसो गरे ।





बाहिरका मानिसहरुलाई आफ्नो कथा व्यथा सुनाए । पुलिसहरु टाढा थिए,त्यसो गर्न रोक्नु पहिले नै उनले आफ्नो शरीरमा पेट्रोल छर्केर आगो लगाए ।



पुलिसहरुले अग्नी नियन्त्रण गर्ने समयसम्म उनको शरीरको धेरै भाग जलिसकेको थियो ।



अन्त्यमा आगो नियन्त्रण गर्ने पुरा कोशिस गर्दै उनलाई अस्पताल पुर्याईयो ।



तर यस घटनामा मर्नबाट भने उनि जोगिएका छन, उनको अस्पतालमा उपचार भै रहेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI