Responsive Ad Slot

Latest

latest

मिस नेपाललाई धरानमा सम्मान

Saturday, 17 September 2011

/ by कृष्णपक्ष थापा
रोहित राई, धरान,असोज १- मिस नेपाल २०११ की विजेता मनिला जोशी शनिबार औधी खुशी थिइन्। मिस नेपाल भएपछि पहिलो पटक गृहनगर धरान आएकी मलिनाको खुशी मिस नेपालको ताज पहिरिँदाको भन्दा कम थिएन। मिस नेपाल बनेर धरान र पूर्वाञ्चलबासीको शिर उँचो बनाएको भन्दै नगरबासीको तर्फबाट नगरपालिकासहित विभिन्न ६ वटा संघसंस्थाहरुले उनलाई भव्य सम्मान गर्दा उनको आँखा रसाएको थियो। नेवाः देयः दवूः सुनसरीद्धारा आयोजित कार्यक्रममा नगरपालिकाले मलिनालाई धरानको पर्यटन तथा संस्कृति विकास दुत दूतसमेत घोषणा गदै नगद ५१ हजारसहित अभिनन्दन गरेको थियो।

नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले जोशीलाई अभिनन्दनपत्र र चेक हस्तान्तरण गरेका थिए। यसैगरी, नेवाःदेयःदवूः सुनसरी, उद्योग वाणिज्य संघ सुनसरी, होटल एसोसिएसन अफ धरान, नागरिक समाज र नेपाल आदिवासी जनजाति महासंघ सुनसरीले पनि उनलाई सम्मान गरेको थियो। सम्मानित भएपछि जोशीले मिस नेपाल भएको क्षणजतिकै खुशी भएको बताइन्। ‘मिस नेपाल भएको क्षण जतिकै खुशी यहाँ सम्मान पाउदा भइरहेको छ, तपाईहरुको यस्तै साथ र सहयोग पाएँभने म अझै धेरै कुरा गर्नसक्छुँ'-उनले भनिन्। धरानमा धार्मिक क्षेत्रबाट पर्यटनको सम्भावना भएकोले त्यसलाई अझै विकास गरेर धरानको पयर्टन र पहिचान बढाउने आफ्नो योजना रहेको उनले बताइन्।
नगरपालिकाका कार्यकारी अधिकृत टिकादत्त राईले धरानकी चेली मिस नेपाल भएर राष्टियस्तरमा धरानको गौरव बढाएकोले नगरबासीको तर्फबाट सम्मान गरिएको बताए। साथै, उनले मिस वर्ल्डमा पनि धरान र राष्टकै नाम उच्च बनाउन सकुन् भनेर शुभकामनासमेत दिए। ‘उहाँ धरानकी चेली पहिलो पटक मिस नेपाल भएर राष्टियस्तरमा धरानको नाम उँचो बनाउनुभएको छ, त्यसैले प्रोत्सान, हौसलास्वरुप सम्मान गरेका हौं'-उनले भने-‘उहाँ धरानको पर्यटन तथा साँस्कृतिक दुत भएर राष्टिय अर्न्तराष्टिरुपमा धरानको पर्यटन, सँस्कृति,विकासको बारेमा प्रचार गरिदिनुहुनेछ भन्ने आशा छ।' सो कार्यक्रममा राष्ट्रिय ज्यापू दिवस समारोह समिति यटखा टोल काठमाडौंले नेवार सांस्कृतिक नृत्यहरु प्रस्तुत गरेको थियो। रातो भूमिमा अस्तः मण्डल''.बोलको नेवार राष्ट्रिय गीतबाट सुरु भएको कार्यक्रममा बज्रयोगिनी, खड्ग योगिनी, आकाश योगिनी, नैरात्न योगिनी लगायतको नृत्यहरु प्रस्तुत गरिएको थियो।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI