Responsive Ad Slot

Latest

latest

भोट माग्न कन्सर्ट

Tuesday, 20 September 2011

/ by कृष्णपक्ष थापा
ललितपुर, आश्विन ४ - सिंगिङ स्टारका उत्कृष्ट तीनमा परेका प्रतिस्पर्धीले आइतबार पाटनमा पहिलो प्रस्तुति दिए । हरेक मंगलबार नेपाल टेलिभिजनबाट प्रसारण भइरहेको कार्यक्रममा अब धरानका प्रणेश लिम्बू, पोखराकी ऋतु लामा र धादिङका कुमार अभि मात्रै बाँकी छन् । प्रणेशले निमा रुम्बाको 'प्रीति बस्यो...' र १९७४ एडीको 'यो मन त मेरो नेपाली हो...' गाए ।

कुमारले गाएको शिव परियारको 'कहाँ थियौ तिमी...' लाई पनि श्रोताहरूले साथ दिए । ऋतुले भने सिने गुरुङको 'मेरो प्यारो मान्छे तिमी...' र अभया सुब्बाको 'तिम्रो लागि सारा संसार...' लगायत गीत गाउँदा उपस्थित निर्णायकको पनि मन जितिन् । प्रणेशले गाउँदा पनि निणर्ायकमध्येकै गायक सुगम पोखरेल आफ्नो स्थानबाट उठेर गायनमा साथ दिन स्टेज उक्लेपछि श्रोताहरू उत्साहित भएका थिए ।

तीनै प्रतिस्पर्धीले श्रोताहरूसँग एसएमएस भोटको अपिल पनि गरेका थिए । एक लाख रुपैयाँसहित विभिन्न सांगीतिक सम्झौताको अवसर पाउने विजेताको अन्तिम टुंगो असोज १० मा लाग्ने आयोजक षडज कला केन्द्रले जनायो ।
कान्तिपुर

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI