Responsive Ad Slot

Latest

latest

चितवन र धादिङमा अवैध रक्सी निकासी बढ्यो

Tuesday, 20 September 2011

/ by कृष्णपक्ष थापा
नारयण सापकोटा, असोज ३ गते,

चितवन र धादिङसहितका जिल्लामा रहेका ठूला तथा साना होटलमा मकवानपुरको मनहरीमा उत्पादन गरिने अवैध रक्सी निकासीदर बढेको छ । राजमार्ग छेउमा ससाना घर बनाएर बसेका स्थानीय बासिन्दाको मुख्य पेसाकै रूपमा अवैध स्थानीय रक्सी उत्पादन र निकासी हुने गरेको प्रहरी तथा स्थानीयबासिन्दाको भनाइ छ । कोदाबाट बनेको भनी प्रचारप्रसार गरी यहाँका स्थानीय महिलाले अवैध रक्सी चितवनको लोथरबजारदेखि मुगलिन र धादिङको मलेखु लगायतका स्थानमा पु¥याउने गरेको पाइएको इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक कर्णबहादुर चन्दले बताउनुभयो ।

यसैबिच पूर्वपश्चिम राजमार्गका विभिन्न खण्डमा सञ्चालनमा आएका होटललाई राति नौ बजे बन्द गरिने भएको छ । दसँैंतिहार नजिकिँदै गर्दा होटलमा मादकपदार्थ सेवनबाट हुनसक्ने असुरक्षाकाघटनालाई ध्यानमा राखी मकवानपुरमा भएको सरोकारवालाको भेलाले यस्तो निर्णय गरेको हो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI