Responsive Ad Slot

Latest

latest

नभएका लडाकुको तलब कसले खायो? जवाफ सरकारले दिनुपर्छ : सिटौला

Sunday, 4 December 2011

/ by Bikash Shah (Ghayal)
चितवन, मंसिर १९ - शिविरमा नभएका लडाकुको तलब अहिलेसम्म कसले खायो भन्ने विषयको जवाफ सरकारले दिनुपर्ने काँग्रेस महामन्त्री कृष्ण सिटौलाले बताएका छन्। 'शिविरमा कहिलेदेखि बस्यो?, कहिले छाड्यो? उनीहरुको तलब कसले बुझ्यो? त्यसको जवाफ सरकारले दिनुपर्छ,' सिटौलाले भने,

'अझ बाबुरामजी माओवादीकै प्रधानमन्त्री हो उहाँले नै दिनुपर्छ।'

सोमबार भरतपुरमा प्रेस युनियन चितवनले गरेको पत्रकार भेटघाट कार्यक्रममा सिटौलाले अनुपस्थित लडाकुको तलब अरुले खाएको भए फिर्ता हुनुपर्ने बताए।

'सरकारको पैसा त्यसै अरुले खान पाउछ?' सिटौलाले प्रश्न गर्दै भने, 'कहिलेदेखि खाएको हो सबै फिर्ता हुनुपर्छ। '

यस विषयमा खोजबिन र छलफल चलिरहेको भन्दै उनले वर्गीकरण भएका लडाकु व्यवस्थापन चाँडै हुने बताए।

शान्ति प्रकृयाका मूलभुत कुरा मंसिर २९ गतेसम्म समाधान हुने सिटौलाले बताए।

शान्ति प्रकृया टुंगिएकै दिनको १५ दिनभित्र संविधान बन्ने उनले दाबी गरे। जसका लागि लडाकु व्यवस्थापन, हतियार व्यवस्थापन, जग्गा फिर्ता, वाइसिएल विघटन, अवैधानिक सवारीसाधन जस्ता विषयमा माओवादीसँग नेताहरुको छलफल जारी रहेको उनले बताए। कतिपय विषय दलीय सहमति र केही विषय माओवादी स्वयंले पूरा गर्नुपर्ने आधार निर्माण भैरहेको जानकारी उनले दिए।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI