Responsive Ad Slot

Latest

latest

पेस्तोल ताकेर मार्न लागेका थिए'

Saturday, 28 January 2012

/ by Bikash Shah (Ghayal)
काठमाडौ, माघ १४ - २०६७ पुस ७ मा राति करिब ९/९:३० बजे पति रञ्जनप्रसाद कोइराला सशस्त्र प्रहरीको हूलहुज्जत साथ मदिरा सेवन गरी मात्तिएको अवस्थामा म बसेको घरमा आए । अश्लील शब्दहरू प्रयोग गर्दै गालीगलौज गरी सँगै आएका अन्य सशस्त्र प्रहरीहरूलाई बाहिर वरिपरि घेरा हाल्न लगाए । मलाई आमाचकारी गाली गर्दै लातमुक्काले शरीरको जत्रतत्र भागमा कुटपिट गरे । पेस्तोल झिकी यहीं मारिदिन्छु भनी पेस्तोल ताकी हान्न लागेको अवस्थामा निजसँग रहेका एक जना सशस्त्र प्रहरीले पेस्तोल खोस्न खोज्दा उनलाई समेत आमाचकारी गाली गर्दै मलाई कुटिरहे । भोलिसम्ममा सम्बन्ध विच्छेद मुद्दा दायर गरी मेरो बाटो फुकुवा गरिदिनस् भने र यो घर मलाई दिइनस् भने तँलाई यहीं बेपत्ता पारिदिन्छु भने । म को हुँ चिनेकी छस्, तँलाई मारेर फाले पनि मलाई कानुन लाग्दैन भनी अश्लील गाली गरी रातको समयमा मलाई आतंकित पारिरहेको अवस्थामा छरछिमेक के भयो भनेर आएपछि निज पति भागेर गए । निजले मप्रति गरेको अपराधको सूचना नजिकको प्रहरीमा र शान्ति सुरक्षा कायम गरी निजलाई कारबाही गरिपाउँ भनी जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मिति २०६७ पुस १२ गते निवेदन दिएकी थिएँ । तर प्रहरीको उच्च तहको व्यक्तिको उपर उजुर भएको हुँदा सशस्त्र प्रहरी मुख्यालयमा लेखेर पठाइदिन्छु भन्ने आश्वासन मात्रै पाएँ । त्यसपछि पनि निज मेरो पतिले बारम्बार धाकधम्की दिने र कतै उजुर गरे मारेर फालिदिन्छु भनी हिँड्दै गरेकाले न्याय पाउन श्रीमान्समक्ष यो निवेदन गर्न आएको छु ।

-गीताले २०६८ पुस १८ गते प्रधानमन्त्री कार्यालय र गृहमन्त्री, सशस्त्र प्रहरी प्रमुखलाई भेटेर दिएको निवेदनको अंश)

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI