काठमाडौं, माघ १७ अर्थ मन्त्री वर्षमान पुनले दक्षिण एसियाली मुलुकहरुलाई सडक र रेल सञ्जालले जोड्नुपर्ने बताएका छन्। बंगलादेशको ढाकामा सार्कस्तरीय अर्थ मन्त्रीहरुको वैठकलाई सम्वोधन गर्दे मन्त्री पुनले यस क्षेत्रको आर्थिक र भौतिक संरचनाको विकासमा सार्कले भूमिका खेल्नुपर्ने बताए।
सम्बोधनको क्रममा उनले सार्क विकास कोष (एसडिएफ)लाई परियोजनाको आधारमा कार्यन्वयनमा ल्याएर सार्क क्षेत्रका जनताको जीवन स्तरमा प्रत्यक्ष राहात दिनुपर्ने बताए। उनले परियोजनामार्फत सार्क क्षेत्रको आर्थिक र भौतिक संरचनाको विकासमा महत्वपूर्ण भूमिका खेल्नुपर्ने धारणा राखेका थिए।
उनले यसअघि भुटानमा सम्पन्न बैठकका निर्णयहरूलाई कार्यन्वयन गरेर सार्क दशकलाई व्यवाहारिक रुप दिनुपर्ने बताए। इनर्जी रिङ र रिजनल इनर्जी ट्रेडका सार्क क्षेत्रका विज्ञहरुले यसअघि तयार पारेका अवधारणालार्य कार्यन्वयनमा ल्याएर यस क्षेत्रका विकास गर्नुपर्ने उनको धारणा थियो।
अर्थ मन्त्री पुन बैठकमा भाग लिन आइतबार बंगलादेश गएका हुन्। उनी आज दिउँसो नेपाल फर्किँदै छन्।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment