Responsive Ad Slot

Latest

latest

जनवरीमा ४२ हजार पर्यटक

Wednesday, 1 February 2012

/ by Bikash Shah (Ghayal)
काठमाडौं, माघ १९ सन् २०१२ को पहिलो महिना जनवरीमा नेपाल घुम्न आएका पर्यटक आशालाग्दो रूपमा बढेका छन्। नेपालको पर्यटन उद्योगमा जनवरी 'लो सिजन' मानिन्छ। हवाई मार्ग हुँदै आएका पर्यटक गत जनवरीमा २७.७ प्रतिशतले बढेका हुन्। संख्या ४२ हजार ३१ पुगेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयलाई उद्धृत गर्दै नेपाल पर्यटन बोर्डले बुधबार जनाएअनुसार सबै देशबाट पर्यटक बढेका छन्।
पर्यटन उद्योगमा पर्यटक आगमनको प्रमुख याम (हाइ सिजन) का रूपमा अक्टोबर आधा महिना, नोभेम्बर, फेब्रुअरी, मार्च र अप्रिललाई लिइन्छ। यसै गरी डिसेम्बर, जनवरी र सेस्टेम्बरको पहिलो दुई सातासम्मलाई लो सिजन तथा मे, जुन, जुलाइ र अगस्टलाई अफ सिजन मानिन्छ।
भारतबाट जनवरीमा २९ प्रतिशतले बढेर १० हजार २ सय १६ आएका छन्। गत वर्ष जनवरीमा ७ हजार ९ सय ५ आएका थिए। नेपाल आउने कूल पर्यटकको एक चौथाइ हिस्सा भारतीयले ओगट्छन्।
सार्क क्षेत्रबाट गत महिना २७.७ प्रतिशतले बढेर १२ हजार ५ सय ३१ पुगेको छ। बंगलादेशबाट साढे ३४ र श्रीलंकाबाट ११२.५ प्रतिशतले पर्यटक बढेका थिए। तर, पाकिस्तानबाट भने साढे २९ प्रतिशतले घटेका थिए।
एसियाबाट ४२ प्रतिशतले बढेर १३ हजार ३ सय ७१ पुगेको छ। गत महिना चिनियाँ पर्यटक १ सय ७ प्रशितले बढेर ६ हजार ६ सय ३१ आएका थिए।
प्रमुख बजार युरोपबाट २२.८ प्रतिशतको सुधार रेकर्ड गरिएको छ। संख्या ७ हजार ९ सय ४ पुगेको छ। बेलायतबाट भने ४.७ प्रतिशतले बढेर १ हजार ७ सय ६ पुगेका छन्। अर्को प्रमुख बजार अमेरिकाबाट ७.७ प्रतिशतले वृद्धि भएको छ। गत महिना २ हजार ६ सय ३४ अमेरिकीले नेपाल भ्रमण गरेका थिए।
जनवरीमा त्रिभुवन विमानस्थलबाट ५२ हजार ६ सय १७ पर्यटक बाहिरिएका थिए। उक्त अवधिमा ८२ हजार ८ सय ९७ नेपाली स्वदेश भित्रिएका र ६७ हजार १ सय ९४ बाहिरिएका थिए।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI