चन्द्रश्वर बस्ताकोटी
साउन १ मुस्ताङ ।आइतबार देखि मुस्ताङका न्युन निजामति कर्मचारीहरु एउटै पोसाकमा देखिएका छन ।
सरकारले निजामती कर्मचारीलाई साउन १ गतेबाट अनिवार्य रूपमा तोकिएको पोसाक लगाउन निर्देशन दिए पनि समयमै जानकारी पाउन नसकेको र दुर्गमताका कारण सबै कर्मचारीहरु एउटै पोसाखमा उपस्थित हुन नसकेका हुन ।
एकैचोटि प्राय निजामती कर्मचारी एउटै पोसाकमा कार्यालयमा उपस्थित हँुदा कर्मचारीको मनोबल र आत्मविश्वास बढने भए पनि बाध्यताले सबै निजामति कर्मचारी एउटै पोसाकमा उपस्पिथत हुन नसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताउनु भयो । सबै कर्मचारी पोसाख मै आउन चाहेर पनि दुर्गम भएकाले केहि दिन भित्र सबै निजामती कर्मचारीहरु एउटै पोशाखमा कार्यालय आउने प्रमुख जिल्ला अधिकारी पाण्डेले बताउनु भयो । जिल्ला प्रशासन, जिल्ला कृषी बिकास, जिल्ला भुसंरक्षण लागायतका कार्यालयमा भने अधिकास कर्मचारी तोकीएकै पोशाखमा कार्यालयमा उपस्थित थिए ।
पुरुष कर्मचारीहरु कार्यालय सहयोगी देखि मुख्य सचिव सम्मका लागि गाढा नीलो रङको कोट पाइन्ट, सेतो सर्ट वा सेतो दौरा सुरुवालमा गाढा नीलो कोट र महिला कर्मचारीहरुले पर्पल पारी सहित गाढा नीलो साडी, पर्पल ब्लाउज वा गाढा नीलो रङको कुर्था सलवारमा पर्पल कलरकै सुरुवाल तोकेको थियो । सरकारले सबै कर्मचारी एउटै पोसाखमा कार्यालय आई सेवागा्रहीलाई चिन्न समेत सहज होस भनि करिब ७ हजार ५ सय प्रति ब्यक्ति समेत प्रदान गरिसकेको छ ।
नेपालमा हाल करिब ७६ हजार निजामती कर्मचारी रहेका छन् । भने मुस्ताङमा करिब २ सय ७५ निजामति कर्मचारी रहेका छन ।
No comments
Post a Comment