Responsive Ad Slot

Latest

latest

गोरखाको स्याटेलाइट क्लिनिक देशकै नमुना

राजेन्द्र न्यौपाने
 साउन १ गोरखा। गोरखा जिल्लामा २०६६ साल पुष महिनादेखि सञ्चालन गरिएको स्याटेलाइट क्लिनिक देशकै नमुना बनेको ।पोखरामा सम्पन्न स्वास्थ्य प्रमुखहरुको गोष्ठीमा गोरखामा सञ्चालन गरिएका स्याटेलाइट क्लिनिक देशकै नमुना भएको चर्चा गरिएको गोरखा जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डा. गुणराज लोहनीले बताउनुभयो ।

गत आर्थिक वर्षमा चार हजार तीन सय ९८ जनाले उपचार गराएको यो वर्ष १२ हजार२४ जनाले उपचार गराएको जिल्ला स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।

यस किसिमको क्लिनिकमा स्वास्थ्य संस्थामा पाइने सबै सेवा सुविधाहरु पाइन्छ र यसको सबै व्यवस्थामा जिल्ला स्वास्थ्य कार्यालय गोरखाले गर्दै आएको छ । कम खर्चमा गुणस्तरीय सेवा दिन सकिने भएपछि जिल्लाको एक नगरपालिका र ६६ गा.वि.स.मा यो सेवा प्रदान गरिएको डा. लोहनीले बताउनुभयो ।

सेवा नपुगेका ठाउँमा महिनाको एक पटक सम्बन्धित स्वास्थ्य संस्थाका प्रमुख नै गएर विरामीहरुको परीक्षण गर्ने गरेको डा. लोहनीको भनाई छ । नगर क्षेत्रका चार ठाउँमा हप्ताको प्रत्येक महिनाको एक पटक डा. लोहनी आफै जाने गर्नुभएको छ भने गाउँमा स्वास्थ्य तथा उपस्वास्थ्य चौकीका प्रमुखहरु जाने गरेका छन् ।

ग्रामीण भेकका जनताहरुमा ठूलै समस्या आए जिल्लाबाट समेत टोली जाने गरेको डा. लोहनीले बताउनुभयो । गोरखामा गरिएको यो सफल प्रयोगबाट देश भरीका जिल्लामा पनि प्रयोग हुनसक्ने उहाँको ठम्याई छ ।

स्याटेलाइट क्लिनिकबाट आफूहरुलाई राम्रो भएको रानीस्वाँरा केन्द्रका कपिल कट्टेलले बताउनुभयो । गोरखा अस्पतालमा पछिल्ला बर्षहरुमा उपचारमा सहज हुँदै गएपछि गरीब गाउँहरुले पनि रोगबाट छुटकारा पाएका छन् ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI