Responsive Ad Slot

Latest

latest

बजेट सार्वजनिक हुनुमा म होईन राजनीतिक सहमति दोषी छ:अर्थमन्त्री अधिकारी



काठमाडौ,१ साउन 

उप-प्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीले बजेट भाषण अघिनै बजेट सार्वजनिक भएको विषयमा आफू दोषि नभ दावी गर्नुभएको छ । उहाँले एक दिन पछि बजेट ल्याउन दबाव दिने राजनीतिक दलहरुको सहमति दोषी भएको आरोप लगाउनुभएको छ । रिर्पोटस्र क्लब नेपालले आज राजधानीमा आयोजना गरेको साक्षत्कारमा अर्थमन्त्री अधिकारीले बजेट रोक्न गरेको शीर्ष नेताहरुको सहमतिले नै यस्तो दुर्घटना भएको बताउनुभयो । बजेट ल्याउने अन्तिम तयारी सहित बजेट र रेडबुक संसदमा पुगिसकेको तथा प्रत्येक भन्सार कार्यालयमा पुगिसक्यो त्यस्तो अन्तिम अवस्थाको बजेट भाषण एक दिन पछि सार्ने गरिएको निर्णय गलत रहेको भन्दै अधिकारीले राजनीतिक निर्णयका कारण कुरा विगि्रएको उल्लेख गर्नुभयो ।

बजेट सार्वजनिक हुनुमा आफ्नो कुनै दोष नरहेको भन्दै त्यस विषयलाई लिएर अर्थमन्त्रीले राजीनामा दिनु पर्छ भन्नुको कुनै तुक नरहेको उहाँको तर्क थियो । कर्मचारको तलब बृद्धि हुँदैमा मुल्य बृद्धि हुन्छ भन्ने आरोपको खण्डन गर्दै अर्थमन्त्री अधिकारीले उत्पादन नबढ्दा भएको मुल्य बृद्धिलाई कर्मचारको तलबसँग जोड्न खोजिएको बताउनुभयो । उहाँले तलब बृद्धि हुँदैमा मुल्यबृद्धि नहुने भन्दै तलब बृद्धिको नाममा मुल्य बृद्धि गरे सरकारले कडा कारवाही गर्ने चेतावनी दिनुभयो । पूर्व अर्थमन्त्री एवम् सभासद डाक्टर प्रकाश चन्द्र लोहनीले बजेट भाषण अघिनै बजेट सार्वजनिक भएको घटनाको जिम्मेवारी लिएर अर्थमन्त्रीले नैतिकताको आधारमा राजीनामा दिनु पर्ने बताउनुभएको छ ।

 राजधानीमा आज आयोजीत साक्षत्कारमा उहाँले यो घटनामा कर्मचारीलाई दोष दिएर अर्थमन्त्रीले उम्किन नमिलने बताउनुभयो । लोहनीले आम्दानी भन्दा खर्च बढी भएको बजेट भएकोले यसले बजेट घाटा बढाउँदा महंगी र राजनीतिक जोखिम बढाउने उल्लेख गर्नुभयो । राष्ट्र बैंकका पूर्व गर्भनर एवम सभासद डाक्टर तिलक रावलले हचुवाको भरमा ल्याएको अस्पष्ट र विस्ताकारी बजेटको संज्ञा दिदै आलोचना गर्नुभएको छ । उहाँले उत्पादनशिल खर्च नहुने र आपूर्ति ब्यवधानले कुल ग्राहस्थ उत्पादनमा ह्रास आउने भन्दै नेपालीको जनजीवनलाई झनै कष्टकर पार्ने बताउनुभएको छ । उहाँले विदेशी लगानी भित्रिने स्पष्ट नीति बजेटले नल्याएकोले सरकारले कल्पना गरेको १ खर्व विदेशी सहयोग कुनै पनि हालतमा प्राप्त हुन नसक्ने भन्दै सरकारको बजेट कार्यान्वयन नभए नेपालको अर्थतन्त्र अत्यन्तै खराव हुने बताउनुभएको छ । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष सुरेशकुमार बस्नेतले सहकारीलाई जोड दिएर राज्यले नीजि क्षेत्रको मनोबल घटाउने काम गरेकोले यसले भविष्यमा मुद्रा संकुचनको समस्या ल्याउने बताउनुभयॊ । योजना आयोगको पूर्व उपाध्यक्ष पृथ्वि राज लिगले अर्थतन्त्रमा देखिएको समस्या समाधान तर्फ केन्द्रित हुन नसकेकोले बजेट दिशाहित बनेको दावी गर्नुभयो ।

 नेपाल निजामती कर्मचारी संगठनका अध्यक्ष भोलानाथ पोख्रेलले सरकारले ल्याएको बजेट सकारात्मक भएको भन्दै कर्मचारीको तलब बढ्दैमा मुल्य बृद्धि हुनै नसक्ने बताउनुभयो । उहाँले क्षतीपूर्ति सहितको नागरिक सेवा सुरक्षाको ब्यवस्था राजनीतिक अराजकतन्त्रको अन्त्य तस्करी अन्त्य गर्ने हो भने बजेटले परिकल्पना गरेको लक्ष्य सहजै पुरा हुने दावी गर्नुभएको छ । साक्षात्कारमा पूर्व अर्थसचिव रामेश्वर खनालले बजेट कार्यान्वयन गर्ने सरकारी संयन्त्र कमजोर रहेकोले मुद्रा स्फिति र महंगी बढ्ने आशंका गर्दै बजेट कार्यान्वयन भए समस्या समाधान हुने विश्वास ब्यक्त गर्नुभयो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI