साउन १,काठमाण्डौ
विगतमा दिदै आएको भत्तालाइ तलवमा समावेश गरेको भन्दै कर्मचारीले आज िसंहदरवार भित्र नाराबाजी गरेका छन । नेपाल राष्ट्रिय कर्मचारी संगठन राष्ट्रिय स्वतन्त्र कर्मचारी मिलन केन्द्र तथा सरकारी तथा संस्थान सवारी चालक एसोशिएसनले महंगी भत्तालाई तलवमा गाभेर कपटपूर्ण तरिकाले सुविदा बृद्धि गरिएको भन्दै उनिहरु आन्दोलित भएका हुन ।
कर्मचारीहरुको जुलुसले िसंहदरवारभित्र परिक्रमा गरी अर्थमन्त्रालय घेराउ गरेका छन । कर्मचारी मिलन केन्द्रका अध्यक्ष कृष्ण भण्डारीले कर्मचारी भित्र रहेको तल्लो तहको ठूलो तप्कालाइ वेबास्ता गरि माथिल्लो वर्गका कर्मचारीलाई पक्षपोषण गर्ने समान्ती शैलीको विरोधमा आन्दोलनमा उत्रिएको बताउनुभयो । कर्मचारीको आन्दोलनका कारण िसंहदरवार भित्र नयाँ आर्थिक बर्षको पहिलो दिन सरकारी कामकाज प्रभावित भएको छ ।
No comments
Post a Comment