धादिङका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद आचार्यले अनाधिकृत रुपमा खोलिएको क्रसर उद्योग बल प्रयोग गरेर भए पनि हटाइने बताउनु भएको छ । त्रिशुली किनार र आसपासका क्षेत्रमा अनाधिकृत रुपमा क्रसर उद्योगहरु खुल्न थाले पछि जिल्ला विकास समिति धादिङको आयोजनामा ढुङ्गा गिटी बालुवा व्यवस्थापन तथा आपसी सहयोग र सहकार्यका लागि आज बैरेनीमा आयोजित अन्तरकि्रया कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।
अनुगमन समितिका संयोजक समेत रहनुभएका आचार्यले कसैले पनि मेसिन प्रयोग गरि त्रिशुलीबाट ढुङ्गा गिटी बालुवा झिक्न नपाउने भन्दै कानुनलाई पालना गर्न व्यवसायीहरुलाई आग्रह गर्नुभयो ।
सोहि अवसरमा बोल्दै त्रिशुली बचाउ साझा साजालका संयोजक उत्तम कँडेल र सदस्य जगन्नाथ नेपालले त्रिशुली दुईचार जना क्रसर व्यावसायीहरुको मात्र नभएको भन्दै वालुवा गिटी ढुङ्गा प्रशोधन उद्योग हटाउन प्रसासन संग माग गर्नु भएको थियो । कार्यक्रममा व्यवसायी पुष्प थपलिया रामहरी थापा लगायतले करोडाँै लगानी गरिएको क्रसर उद्योगबाट ५ हजार मजदुरले प्रत्यक्ष रोजगारी पाएको भन्दै हटाउने निर्णय नगर्न अनुरोध गरेका थिए ।
कार्यक्रममा एकिकृत नेकपा माओवादी धादिङका सहइन्चार्ज रामबहादुर भण्डारी एमाले धादिङका अध्यक्ष गुरुबुर्लाकोटी नेपाली काँग्रेसका जिल्ला सभापति रामनाथ अधिकारी माओवादीका ताम्सालिङ राज्य समिति सदस्य धुब्र सुवेदी सहित विभिन्न राजनीतिक दल र संघ-संस्थाका प्रतिनीध तथा साचारकर्मीहरुको उपस्थिति थियो । त्रिशुली किनारमा साना ठुला गरी १ सय ३० ढुङ्गा गिटी बालुवा प्रसोधन उद्योगहरु संचालनमा छन् । यसबाट जिल्ला विकास समिति धादिङले वार्षिक १० करोड राजस्व उठाउने गरेको छ ।
रेडियो बिहानी, धादिङ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment