आइतबार साँझ नेपालभर भूकम्प गएको छ । सोलुखुम्बुको नाम्चे केन्द्र भएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको प्रारम्भिक जानकारी आएको छ ।
काठमाडौंमा भूकम्पले धक्का दिन थालेपछि मानिसहरुमा त्रास देखियो । अग्ला भवनमा रहेकाहरु सडकमा आइपुगेका थिए ।
साँझ ६ बजेर २५ मिनेट ४८ सेकेण्डमा भूकम्पको ठूलो धक्का महसुस गरिएको हो ।
भूगर्भ तथा खानी विभागका अनुसार ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प मापन गरिएको छ । भूकम्पको केन्द्रविन्दु ताप्लेजुङ र भारतको सिक्कमको सिमा क्षेत्र रहेको भूगर्भविद पृथ्वी श्रेष्ठले जानकारी दिनुभयो । अमेरिकी भूगर्भ विभागले भारतको सिक्किमलाई केन्द्रविन्दु बनाए ६ दशमलव ८ रिक्टर स्केलको भूकम्प गएको जनाएको छ ।
भूकम्पले राजधानीमा घरहरु हल्लिएको थियो । त्यसपछि सार्वसाधारण अत्तालिंदै घर बाहिर भागाभाग भएको थियो । लामो समयपछि काठमाण्डौंमा भूकम्पको धक्का महसुस गरेकाहरु भूकम्प आएको हो कि हैन यनिक गर्न नसकि झ्यालबाट चियाइरहेका देखिन्थे । भूकम्पको धक्का सहसुस गर्दा संसद भवनमा रहेका सभासदहरुबीच पनि भागाभाग भएको थियो । त्यसक्रममा सभामुखले १५ मिनेट संसद बैठक स्थगित गर्नु भएको थियो ।
काठमाडौं प्रहरीका अनुसार बेलायती दूताबासको पर्खाल भत्किँदा अमिता श्रेष्ठ र साजन श्रेष्ठ र अर्का एकको मृत्यु भएका छन् । राजधानीका केही स्थानमा टेलिफोन सेवा अवरुद्ध भएको छ ।
प्राप्त समाचार अनुसार पार्साको रानीगंज दरवार भत्किएको छ भने लमजुङको बाहुन डाँडामा एक घर भत्किएको छ । ताप्लेजुङका थुपै घर भत्किएको छ । संखुवासभामा १६ घर भत्किएको छ यस्तै जिल्ला विकास समिति, प्रहरी र बाणिज्य बैंकको कार्यालय भत्किएको छ भने एक प्रहरी जवान घाइते भएका छन् । यस्तै भत्तपुरमा सात बटा घरमा क्षति पुगेको छ ।
जनकपुर क्षेत्रमा पनि भूकम्पको धक्का सहसुस गरिएको छ । भूकम्प आएपछि जनकपुर वजारमा आआफनो घरवाट स्थानियवासीहरु बाहिर निस्केका थिए । यस्तै देशका विभिन्न स्थानमा पनि भूकम्पको धक्का सहसुस भएको छ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment