Responsive Ad Slot

Latest

latest

प्रधानमन्त्री बाबुराम भट्टराई मध्यरातमा त्रिभुवन विमानस्थलबाट न्युयोर्क उडे

Sunday, 18 September 2011

/ by कृष्णपक्ष थापा
राष्ट्रसंघीय महासभामा सहभागी हुन प्रधानमन्त्री बाबुराम भट्टराई अहिले मध्यरातमा त्रिभुवन विमानस्थलबाट न्युयोर्कका लागि उडेका छन्। विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री भट्टराईले आफू नभए पनि नेपाल सरकारले भूकम्प पीडितलाई राहत पुर्‍याउने बताए। 'सरकारको उपस्थिति महसूस गराइनेछ', उनले भने। एक प्रश्नको उत्तरमा उनले प्राकृतिक प्रकोप रोक्न नसकिने विषय हो भन्दै आजको प्राकृतिक विपत्तिमा परेका पीडितलाई सहयोग गर्न र उद्धार व्यापक बनाउन सुरक्षा निकाय लगायतलाई निर्देशन दिइएको बताए।

भट्टराईले आफ्नो यो भ्रमणबाट नेपालको शान्ति प्रकिया र संविधान लेखनमा सहयोग पुग्ने विश्वास गर्दै यस विषयमा अन्तर्राष्ट्रिय यसमुदायले पनि सहयोग गर्ने अपेक्षा व्यक्त गरे। आतङ्ककारीको सूचीबाट संयुक्त राज्य अमेरिकाले एमाओवादीलाई हटाएको छैन नि भन्ने जिज्ञासामा प्रधानमन्त्रीले भने-यो नेपाल र अमेरिकाबीचको विषय हो, राष्ट्र सङ्घको महासभामा यस विषयमा अहिले कुरा गर्नु सान्दर्भिक हुँदैन। प्रधानमन्त्रीको बिदाइका लागि त्रिभुवन विमानस्थलमा उपप्रधानमन्त्री एवम् गृहमन्त्री, मन्त्रिगण, संवैधानिक अङ्गका प्रमुख, यहाँस्थित कूटनीतिक नियोगका प्रमुख तथा पदाधिकारी र सरकारका वरिष्ठ अधिकृतको उपस्थिति थियो। प्रधानमन्त्रीको सम्मानमा नेपाली सेनाको एउटा टोलीले सम्मानगारत अर्पण गरेको थियो। यही असोज ७ गते प्रधानमन्त्रीले महासभामा सम्बोधन गर्ने कार्यक्रम छ।




न्युयोर्कमा रहँदा उहाँले अमेरिकी राष्ट्रपति बाराक ओबामा, भारतीय प्रधानमन्त्री डा मनमोहन सि्रंह, चिनियाँ प्रधानमन्त्रीलगायत विश्वका विभिन्न मुलुकका नेतासँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ। नेपाली प्रतिनिधिमण्डलमा प्रधानमन्त्रीकी धर्मपत्नी हिसिला यमी, उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्र मन्त्रालयका कायममुकायम सचिव दुर्गाप्रसाद भट्टराई, उक्त मन्त्रालयमा संयु्क्त राष्ट्रसङ्घीय विभाग हेर्ने प्रमुख रुद्रकुमार नेपाल, शिष्टाचार महापाल मुक्ति भट्टलगायत हुनुहुन्छ। प्रधानमन्त्री डा भट्टराई यही असोज ९ गते स्वदेश फर्कने कार्यक्रम छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI