Responsive Ad Slot

Latest

latest

भूकम्पमा परी सिक्किममा ज्यान गुमाउनेको संख्या बढदो, नेपाल, भारत र तिब्बतमा गरी ५८ को मृत्यु

Monday, 19 September 2011

/ by कृष्णपक्ष थापा
असोज २ एजेन्सी।
भारतको पूर्वी–उत्तर राज्य सिक्किममा मात्र भूकम्पमा परी ज्यान गुमाउनेको संख्या 39 पुगेको छ। ६ दशम्लव नौ रेक्टरको भूकम्पका कारण कयौं राज्यमा सयबढि मानिस घाइते भएको भारतीय अधिकारीहरुको भनाइ छ । वर्षा र पहिरो आउनेक्रम जारी रहेकोले भूकम्प प्रभावितहरुलाई राहत तथा उद्वारको लागि समस्या भएको प्रहरीले बताएको छ ।

यसै गरि तिब्बतमा पनि यही शक्तिशाली भूकम्पका कारण सात जनाको ज्यान गइसकेको छ ।

आइतबार काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किएर च्यापिँदा गोरखा भुम्लिचोकका ३६ वर्षीय साजन श्रेष्ठ, उनकी छोरी ८ वर्षीया अनिशा र सिन्धुली मरिनका २० वर्षीय वीरबहादुर माझीको मृत्यु भएको थियो । घटनामा घाइते भएका उनीहरुको मनमोहन अस्पतालमा उपचारका क्रममा ज्यान गएको थियो ।


राजधानी लगायत मुलुकभरी भूकम्पका कारण ज्यान गुमाउनेको संख्या बढेर एघार पुगेको छ । भूकम्पका कारण भक्तपुर सुनसरी, बारा, झापा र धनकुटामा थप चार जनाको मृत्यु भएको छ । भक्तपुर गठठ्घरकी ६५ बर्षीया लिला पौडेलको आज बिहान उपचारका क्रममा मृत्यु भएको छ । त्यसै गरेर धनकुटाको फलाँटे-५ मा पनि ४० बर्षीया मधु कार्कीको मुत्यु भएको प्रहरीले जनाएको छ । भूकम्पका कारण घर भत्कीदा घाईते पौडेल र कार्कीको उपचारका क्रममा मृत्यु भएको थियो । त्यस्तै सुनसरी हरिपुर गाविसकी सावित्रीदेवी मण्डलको भूकम्पले घर भत्कादा मुत्यु भएको प्रहरीले पुष्टि गरेको छ ।
त्यस्तै भुकम्पका कारण बारामा एक जना युवकको मृत्यु भएको छ । भगवानपुर ५ निवासी भोला पासवानका ३४ वर्षिय छोरा जयसीलाल पासवानको मृत्यु भएको हो । साँझ आएको भुकम्पको धक्का महसुस भएपछि अर्ध बेहोस भएर बिरामी परेका पासवानको गएराति ११ बजे घरमै मृत्यु भएको हो ।

त्यस्तै झापाको मेचीनगर नगरपालिका-१० काँकडभिट्टाकी एक बालिकाको गएराति भूकम्पले तर्सेर मृत्यु भएको छ । मेचीनगर-१० भानुटोल निवासी कृष्णप्रसाद घिमिरेकी पाँच वर्षीया छोरी आयुषाको मृत्यु भएको प्रहरीले जनाएको छ । आमा रेनुको काखमा बसिरहेकी आयुषा भूकम्पका कारण तर्सिएर बेहोस भएकी थिइन् । बेहोस घिमिरेलाई स्थानीय मनिषा मेडिकलमा उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको बुबा कृष्ण घिमिरेले बताउनुभयो ।
यस अघि हिजो बेलुका आएको भूकम्पमा परेर काठमाडौंको लैनचौरस्थित बेलायती दूतावासको पर्खाल भत्किदा पुरिएर गोरखाका साजन श्रेष्ठ, अनिशा श्रेष्ठ र सिन्धुलीका वीरबहादुर माझीको मृत्यु भईसकेको थियो । त्यसै गरेर सुनसरीको धरानमा घरले च्याप्पिएर ओखलढुङगाका सन्तोष परियार र विमला परियार तथा संखुवासभामा प्रदीप राईको मृत्यु भएको छ ।

भूकम्पका कारण पहिरो खसेर सडक अबरुद्ध हुँदा धरान–धनकुटा राजमार्गको भेडेटार–माबासे सडक अबरुद्ध भएको छ । संखुवासभा, ताप्लेजुङ लगायतका जिल्लामा घरहरुमा क्षति पुगेको छ । भारतको सिक्किम र नेपालको ताप्लेजुङ आसपासको क्षेत्रलाई केन्द्रबिन्दु बनाई हिजो बेलुका साढे ६ बजे ६ दशमलव ९ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पका कारण ५ दर्जन बढि घाईते भएका छन् । उता भारतमा भने १३ जनाले ज्यान गुमाईसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

त्यस्तै भुकम्पले राजधानीमा मात्रै दुईसय भन्दा बढी घाईते भएका छन् । पूर्वतयारी अवस्थामा नरहे पनि वीर, शिक्षण, पाटन र भक्तपुर अस्पतालले आकस्मिक कक्षका सबै शैयाका अतिरिक्त भूईंमा राखेर बिरामीको उपचार गरेका थिए । वीर अस्पतालका आकस्मिक विभाग प्रमुख डा डिपी सिंहले दिएको जनकारीअनुसार वीर अस्पतालको आकस्मिक कक्षमा आइतबार करिब ८० जना घाइते उपचारका लागि आएका थिए ।

आकस्मिक कक्षमा हाल ४२ शैया राखिएका छन् । ती शैया नपुगेर भूईंमा नै घाइतेको उपचार भएको थियो । तीमध्ये अधिकांश घर फर्किसकेका र केही जाने क्रममा रहेको अस्पतालले जानकारी दिएको छ । तीमध्ये अधिकांश भूईंचालो आएपछि आत्तिएर भागदौड गर्ने, घरका कौसीलगायतबाट आत्तिएर हाम फाल्ने क्रममा हातखुट्टा भाँच्चिएर उपचारमा आएका थिए ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI