हिरालाल श्रेष्ठ, स्विटजरल्याण्ड - गत सेप्टेम्बर १८ तारिख आइतबारका दिन स्विटजरल्याण्डको बासेलमा खुल्ला टेबुल टेनिस प्रतियोगिता भब्यताका साथ सम्पन्न भएको छ। बासेलवासी नेपालीहरुको आयोजना तथा एनआरएन स्विटजरल्याण्डको प्रमुख प्रायोजक रहेको उक्त प्रतियोगितामा गर्ब गर्न लायक हामी नेपाली विदेशमा रहेर पनि नेपालीहरुको खेलप्रतिको उत्साह र प्रतिभालाई उजागर गर्नको साथै खेलको माध्ययमबाट नेपालीहरु विच एक आपासमा सहयोग र सदभाव कायम राख्नको लागि उक्त प्रतियोगिताको आयोजना गरिएको थियो। बासेलवासी नेपाली युवाहरुको सक्रियतामा सम्पन्न भएको उक्त प्रतियोगितामा फ्रान्स र स्विटजरल्याण्डका गरी करिव ४० जना खेलाडीहरुले सहभागिता जनाएका थिए।
खेलाडीहरुको हौसला र समर्थनको लागि उल्लेखनीय दर्शहरुको सहभागिता रहेको थियो। उक्त प्रतियोगिता दिनको १२ बजे बाट सुरु भएको खेलमा बासेलका प्रविन थापा र बेर्नका कैलाश लिम्बु बिच अति नै प्रतिस्पर्धी र रोमान्चकारी फाईनल खेल भएको थियो। फाईनलमा बासेलका प्रविन थापाले १ का विरुद्ध २ सेटले पराजित गर्दै उपाधि जितेका थिए। भने कैलाश लिम्बु दोस्रो स्थानमै चित्त बुझाए। विद्यार्थीका तर्फवाट सहभागि भएका सुरेशराज दाहाल उत्कृष्ट खेलका बाबजुत पनि तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भए। खेलको समापन पश्चात खेल संचालक सन्तोष राईको पहलमा प्रतियोगितामा विजयी हुने टोलीलाई पुरस्कार वितरण कार्यक्रम गरिएको थियो। उक्त पुरस्कार वितरणको कार्यक्रम संचालन भने खेलको संयोजक शान्ता भण्डारीले गर्नुभएको थियो। प्रथम स्थान हासिल गर्ने बासेलका प्रविन थापालाई प्रमुख अतिथि एनआरएन स्विटजरल्याण्डका अध्यक्ष डा. विनय श्रेष्ठले स्वर्ण पदक कप र नगद प्रदान गर्नुभएको थियो। त्यस्तै गरी दोस्रो स्थान प्राप्त गर्ने वेर्नका कैलाश लिम्बुलाई विशेष अतिथि स्विस नागरिक इभा गेर्टसचले रजत पदक कप र नगद प्रदान गर्नुभएको थियो। भने तेस्रो स्थान हासिल गर्ने जुरिचका विद्यार्थी सुरेशराज दाहाललाई एनआरएन स्विटजरल्याण्डका महासचिव पितम गुरुङले कास्य पदक र नगद प्रदान गर्नुभएको थियो।
स्विटजरल्याण्डबाट संचालन हुने नेपालस्विसडटको संचार माध्यायमबाट निस्पक्ष पत्रकारितामा योगदना गरेवापत प्रतियोगिताका मुख्य आयोजकका तर्फवाट सन्तोष राईले पत्रकार जंगम खड्कालाई कदरपत्र प्रदान गरी सम्मान गर्नुभएको थियो। उक्त प्रतियोगिताको फाईनल खेल र पुरस्कार वितरण समारोहको प्रत्यक्ष प्रशारण नेपाल स्विसडटकम र डि सि नेपाल डटकमले गरेको थियो। प्रतियोगिता सफल पार्न कप प्रदान गरि स्पोन्सर सहयोग गर्नुहुने शशि संकर (रवि) हुनुहुन्थ्यो त्यस्तै अध्यक्ष विनय श्रेष्ठले १२५ पितम गुरुङ्गले १२५ सन्तोष राइर्ले १ सय धर्म गरुङले ५० खुम थापा ५० र जंगम खड्काले ५० गरी एनआरएनका तर्फवाट ५ सय फ्रान्क प्रदान गरिएको थियो भने एनआरएनकै हिरालाल श्रेष्ठले सम्पूर्ण प्राविधिकको जिम्मा लिएका थिए।
कार्यक्रमको अन्त्यमा संचालक सन्तोष राईले प्रतियोगिता सफल पार्न सहयोग गर्नुहुने संयोजक शान्ता भण्डारी व्यवस्थापक प्रविन थापा र हल उपलब्ध गराउन सहयोग गर्नुहुने रेशम रोक्का लगायत सम्पुर्ण बासेलवासी नेपालीहरु खेलाडी उपस्थित दर्शक महानुभाव र प्रायोजकहरुलाई धन्यवाद दिदै कार्यक्रम सम्पन्न गर्नुभएको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment