१४ औं गणेशमान सिंह स्मृति दिवसको अवसरमा नेपाल तरुण दल लमजुङले सोमबार सदरमुकाममा आयोजना गरेको बृहत तरुण भेलालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेता एवं पूर्व अर्थमन्त्री रामशरण महतले मजदुरलाई काम गर्न नदिनु, बन्न लागेका जलविद्युत परियोजना रोक्नु, तरुण वर्गलाई हतोत्साहित हुने कार्यले देशको कहिल्यै उन्नति हुन नसक्ने तर्क गरे। रामशरण महतले एकीकृत नेकपा माओवादीले देशलाई कंगाल बनाउन लागेको आरोप लगाएका छन्।
माओवादीले देशका उद्योगधन्दा, कलकारखाना र परियोजनाहरु फष्टाउन नदिई बन्द गराउँदै लगेकाले देश गम्भीर आर्थिक दुर्घटनातर्फ धकेलिरहेको उनको भनाई थियो। माओवादीकै कारण शान्ति प्रक्रिया तार्किक निष्कर्षमा नपुगेको भन्दै उनले संविधान निर्माण कार्यसमेत अनिश्चित भएको बताए। उनले अझैपनि माओवादी शान्ति प्रक्रियालाई टुङगोमा पुर्याउने र संविधान निर्माण गर्नेप्रति इमन्दार नभएको आरोप लगाए। कार्यक्रममा पूर्व स्वास्थ्य सहायक मन्त्री रामचन्द्र अधिकारी, पूर्व जलस्रोत राज्यमन्त्री रामबहादुर गुरुङ, नेपाली कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला लगायतले समसामयिक विषय र स्वर्गीय गणेशमानको विषयमा चर्चा गरेका थिए।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment