साउदी अरेबियामा सुडानी बोक्सीलाई मृत्युदण्ड
रियाद । साउदी अरेबियाको पश्चिमी नगर मेदिनामा बोक्सीविद्या अभ्यास गरेको भन्ने आरोपमा प्रमाणित एक व्यक्तिलाई सोमबार तरवारले काटेर मृत्युदण्ड दिइएको जानकारी त्यहाँको गृहमन्त्रालयले दिएको छ ।
साउदी अरेबियाको इस्लामी सरिया कानुनअनुसार बोक्सीविद्या अभ्यास गर्नु गैरकानुनी मानिन्छ र अब्दुल हमिद अल फक्कीले सोही कार्य गरेको भनी गृहमन्त्रालयले उल्लेख गरेको स्पा समाचार संस्थाले जनाएको छ ।
गत वर्ष अक्टोबर महिनामा एम्नेस्टी इन्टरनेसनलले साउदी अरेबियाली नरेश अब्दुल्लाहलाई एक पत्र लेखी मृत्युदण्डको निर्णय फिर्ता लिन आग्रह गरेको थियो ।
एएफपीले जनाएअनुसार साउदी अरेबीयामा यसरी मृत्युदण्ड दिइएको व्यक्तिको सङ्ख्या यस वर्ष ४२ पुगेको छ । एएफपी

Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment