Responsive Ad Slot

Latest

latest

बजार व्यवस्थापन सम्बन्धी बैठक सम्पन्न

Tuesday, 20 September 2011

/ by कृष्णपक्ष थापा
दमौली, असोज ३ गते,

तनहँुका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलको अध्यक्षतामा बजार व्यवस्थापन सम्बन्धी बैठक तनहुमा सम्पन्न भएको छ । नेपालीहरुको महान् चाड दशैंतिहार, इद र छठको अवसरमा दैनिक उपभोग्य वस्तुहरु उपभोक्तालाई सहुलियत दरमा उपलब्ध गराउन तथा शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन बैठक आयोजना गरिएको हो । बैठकले दैनिक उपभोग्य वस्तु दाल, चामल, पिठो, घ्यू, तेल, दुग्ध पदार्थ, माछामासु तथा पेट्रोलियन पदार्थ, ग्याँस, मट्टितेल, डिजेल र पेट्रोल विक्री वितरण गर्न व्यापारी तथा व्यापारिक संघसंस्थाहरुले कम भन्दा कम नाफा लिई निर्धारित चाडपर्वको अवसरमा सहुलियत दरमा उपभोग्य वस्तु उपलब्ध गराउने निर्णय गरेको छ ।

व्यापारिक प्रतिष्ठानमा छुट सहितको मूल्यसुची आ–आफ्नो पसलमा व्यानर सहित टाँस गरी विक्री वितरण गर्ने निर्णय गरेको छ ।त्यसैगरी बैठकले जिल्लामा आपूर्ति व्यवस्थामा कमी आउन नदिन, उपभोग्य वस्तु सर्वसुलभ बनाउनका लागि तनहुँ उद्योग वाणिज्य संघ र बजार इकाई तथा प्रशासनले आवश्यक व्यवस्था मिलाउने भएको छ । कम गुणस्तर तथा अस्वस्थकार वस्तु विक्री वितरण नगर्ने, अनुगमनलाई प्रभावकारी बनाउने तथा अस्वस्थ खाद्यवस्तु विक्री वितरण भएको पाइएमा कडा कानुनी कारवाही गरिने जनाइएको छ । यस्तै चाडपर्वका समयमा सार्वजनिक सवारी साधनमा आवातजावत गर्ने यात्रुहरुको सुविधालाई ध्यानमा राखी यातायात व्यवसायीहरुले दैनिक सेवा निर्धारित समयका लागि सवारी सञ्चालन गर्ने निर्णय गरेको छ ।माछामासु, फलफूल तथा तरकारी व्यवसायीहरुले सहुलियत मूल्यमा स्वच्छ र स्वस्थकर माछामासु फलफूल तथा तरकारी विक्री वितरण गर्ने गराउने बैठकले निर्णय गरेको छ । चाडपर्वका बेला जिल्लामा शान्ति सुरक्षा अमनचयन कायम गर्न उद्योगी व्यापारी, नागरिक समाजले स्थानीय प्रशासन तथा प्रहरीलाई सहयोग पु¥याउने र प्रहरी कार्यालयले गस्ती तीव्र पार्ने भएको छ ।

स्थानीय ग्रामीण सडकमा पहुँच पु¥याउन तत्काल सुधारका लागि जिल्ला विकास समितिलाई अनुरोध गर्ने निर्णय गरिएको छ ।बैठकमा प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पौडेलले सबै क्षेत्रबाट सहयोगका लागि अनुरोध गरेका थिए । पौडेलले व्यापारी, उद्योगी, यातायात व्यवसायी लगायत नागरिक समाजबाट स्थानीय प्रशासन तथा प्रहरीलाई सहयोग गर्न अनुरोध गरे ।


No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI