~~~~~~~~~कबिता '' म खुशी छु ''~~~~~~~~~~~
सबैले रमाउदै आयो-आयो भने मैले सोधे के आयो भनि ?
ल तिम्रो त् खुश्क्यो कि कसो..? हाम्रो महान चाड-दसैं आयो नि ! (१)
जता-सुकै हल्ली र खल्ली ,किन-मेल , मोल-तोल्को घुइचो,मैले सोधे के को यो घुइचो हो ?
यो त् पागल जस्तै प्रस्न गर्छ ,यो दसैंको लागि किनमेल नि ! के को हुनु ? (२ )
सबैको निधार दहि , अक्ष्याताले मुसिएको रातो टीकाले धपक्क छ ,कानमा जमरा...
देख्लान कि कसैले भनि ,लुकेर हेरे,-मै एक-जना दर्शक रहेछु इ सब मन्चन हेर्ने ? (३ )
कति हांशी-खुशी छन सबै-सबै ,तर मलाइ कुनै डाह ,द्धेष छैन यो देखेर.......!
संसारमा सबै-भन्दा दुखि मै हुँला ,तर म इनिहरु भन्दा धेरै-खुशी छु....!! (४ )
इनिहरु जति धनि छन ,त्यो भन्दा बढी दुखि छन ,मलाइ पागल भन-छन..!
पागल त् इनिहरु हुन् ,अनि इनिहरुको-येस्वर्या प्राप्तिको चाहना !! (५ )
म खुशी छु यस्काकारण ,न मलाइ केहि पाउनुको चाह छ,न त् गुमाउनुको डर...!
मलाइ त्यो धन चाहिएको छैन ,जसले मलाइ शान्ति संग निदाउन दिदैंन....!! (६ )
मलाइ त्यो बनावाटी/खोक्रो खुशी चाहिएको छैन,जस्मा स्वार्थ लुकेको छ....!
म पागल/खुस्केको होइन ,मेरो दरिद्रताले मलाइ यो उपनाम दिलायो...!! (७ )
तर म दाबीकासाथ् भन्छु ,म संसारको ती धनाढ्यहरु भन्दा बढी खुशी छु...!
मलाइ जेसुकै उपनाम दिउन ,मेरो यो खुशी/सन्तुस्टी तिनीहरुको धनले किन्न सक्दैन !
त्यसैले म तिनीहरु भन्दा बढी खुशी छु.,.म संग जे छ त्यसैमा सन्तुस्ट...छु......! (८)
No comments
Post a Comment