Responsive Ad Slot

Latest

latest

बारामा प्रहरीमाथि गोली प्रहार, प्रतिकारमा एक मारिए

Monday, 19 September 2011

/ by कृष्णपक्ष थापा
बारा २,असोज । बारामा सोमबार सशस्त्र समूहका कार्यकर्ताको गोली प्रहारबाट नेपाल प्रहरीका एक हवल्दार सख्त घाइते भएका छन् ।

बाराको भारतीय सीमावर्ती क्षेत्र बड्कीफुलबरिया गाविसमा गस्तीमा गएको प्रहरी टोलीमाथि एक्कासि गोली प्रहार भएको हो । गोली लागी सनफुलवा प्रहरी चौकीमा कार्यरत हवल्दार रमेश कुर्मी राउत गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । टाउकोमा एक राउण्ड गोली लागेका कुर्मीको अवस्था गम्भीर छ । कुर्मीको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि राजधानी पठाउने तयारी भइरहेको प्रहरीले बताएको छ ।

प्रहरीमाथि गोली प्रहार गर्ने मध्ये एक जनाको प्रहरीको प्रतिकारमा ज्यान गएको छ । गस्तीमा रहेको प्रहरी टोली माथि अचानक आक्रमण भएपछि भएको दोहोरो भिडन्तमा सशस्त्र समूहका जयमंगलप्रसाद यादव मारिएको प्रहरी निरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतले जानकारी दिनुभयो । बस्नेतका अनुसार बारा मझरिया गाविसका श्रीलाल यादवलाइ पेस्तोलसहित नियन्त्रणमा लिइएको छ ।

उनीहरु दुवै तराईमा सशस्त्र भूमीगत गतिविधि सञ्चालन गर्दै आएको अखिल जनतान्त्रिक तराई मुक्ति मोर्चाका कार्यकर्ता रहेको खुलेको छ । घटनाबारे थप विवरण आउन बाँकी छ । प्रहरी नायव उपरीक्षक अनुराग द्विवेदी नेतृत्वको एक टोली घटनास्थलतर्फ पठाइएको बारा प्रहरीले जनाएको छ ।

क्रान्ति साह

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI