Responsive Ad Slot

Latest

latest

मनकामनाले बडा दशै साँस्कृतिक सॉझ कार्यक्रमको आयोजना गर्ने

Monday, 19 September 2011

/ by कृष्णपक्ष थापा
गणेश वानियाँ, दोहा , आश्विन २,

कतारमा मनकामना नेपाली कला केन्द्रको सहयोगार्थ हिन्दुहरुको महान् पर्व बिजया दशमी २०६८ को अवसरमा “बडा दशै साँस्कृतिक सॉझ – २०६८” हुने भएको छ । मनकामना नेपाली साँस्कृतिक परिवार तथा Skill Tech Trading & Contg. Co. / Integral Trading & Contracting Co. को संयुक्त प्रस्तुतीमा सो साँस्कृतिक कार्यक्रम हुन लागेको हो । अक्टोवर ७ तारिख शुक्रवारका दिन दोहा सिनेमा हलमा २ बजे र ६ बजे गरी दुई शोमा हुने उक्त कार्यक्रममा नेपाली चर्चित कलाकारहरुले आफ्नो प्रस्तुती मार्फत दर्शकहरुलाई भरपुर मनोरञ्जन प्रदान गर्ने आयोजकहरुले बताएका छन् ।

कार्यक्रम आयोजकका अनुसार एक्सन नायक बिराज भट्ट, नायिका पुजना प्रधान, गायक प्रमोद खरेल, हास्य कलाकार शिव संकर, दोहोरी गायक रामजी खाँड, गायिका मुना थापामगर, गायिका जुना प्रसाई, गायक गौरव दर्पण, चर्चित मोडेल तथा डान्सरहरु रमा अर्याल, उषा तामाङ्ग, सलिना कँुवर, खलनायक पुस्कर थापा साथै मनकामना नेपाली साँस्कृतिक परिवारका कलाकारहरुको समेत बिशेष प्रस्तुती रहने उक्त कार्यक्रमलाई चर्चित उद्घोषिका तथा मोडेल मञ्जु पौडेलले सञ्चालन गर्ने छिन् ।

कार्यक्रमलाई व्यवस्थीत गर्नका लागि तयारी समिति समेत निर्माण गरिएको जानकारी दिदैं मनकामना साँस्कृतिक परिवारका अध्यक्ष तथा सो कार्यक्रमका संयोजक समेत रहेका आश व. गुरुङ्गले कार्यक्रमका व्यवस्थापक आदित्य राज, कलाकार संयोजन तथा व्यवस्थापनमा उमेश श्रेष्ठ, प्रचार प्रसारमा गणेश वानिया, आर्थिकमा सनम थापा मगर, स्वयंसेवक मिलन सुव्वा, गित संगितका लागि गंगा गौतम, नृत्य संयोजक मिलन लोहनी तथा महिला व्यबस्थापनका लागि पद्मा श्रेष्ठ साथै ज्ञानु पुनलाई संयोजकको जिम्मेवारी दिइएको बताउनु भयो ।
कतारी रियाल ४०, ५० र ७५ टिकट शुल्क रहेको उक्त कार्यक्रममा दर्शकहरुलाई सनैया तथा अलखोरवाट सिनेमाहल सम्मका लागि बसको समेत व्यवस्था गरिएको स्वयंसेवक संयोजक मिलन सुव्वाले बताउनु भयो । बिगतका साँगितिक कार्यक्रम भन्दा पृथक र थप मनोरञ्जनात्मक रहने उक्त कार्यक्रमले दशैमा घर परिवारवाट टाढा रहनुको पीडालाई कम गर्ने आयोजकहरुको दावी रहेको छ ।

मनकामना नेपाली साँस्कृतिक परिवारले स्थानीय कलाकारहरुलाई समेटेर कतारमा बिभिन्न सांगितिक कार्यक्रमहरु गर्दै आइरहेको छ भने कतारमा पहिलो पटक मनकामना नेपाली कलाकेन्द्रको स्थापना गरेर बिभिन्न बिधामा संगित, बाद्य बाधन तथा नृत्यमा प्रशिक्षण समेत दिदै आइरहेको छ ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI