टोकियो - नेपाल आदिवासी जनजाति महासंघ जापानले गत १७ तारिख शनिवारको दिन टोकियो स्थित हिमालयन मुन क्याफेमा आदिवासी जनजातिहरुको लागि बिषेश भुमिका सहित निरन्तर अगुवा गर्दै आउनु भएका आफ्ना बरिष्ठ नेता एवं जापानका लागि नेपाली राजदूत महामहिम डा. गणेश योञ्जन तामाङ सहित उपनियोग प्रमुख तथा बरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीलाई आफ्नो ४ वर्षे कार्यकाल सफलतापूर्वक सम्पन्न गर्नु भएको उपलक्ष्यमा उहाँहरुको कार्यको उच्च मुल्यांकन गर्दै एक सम्मान तथा अभिनन्दन कार्यक्रम भव्यरुपमा सम्पन्न गरिएको छ।
महासंघका सचिब शैलेन्द्र बिक्रम थापा मगरले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा महासचिब पासाङ शेर्पाले महामहिम राजदूत र उपनियोग प्रमुख लगायात उहाँहरुको परिवारको शुभायात्रा, सु-स्वास्थ्य र उज्जवल भबिष्यको कामना गर्दै उपस्थित सबैलाई स्वागत गर्नु भएको थियो। महासंघका सल्लाहकार रेख ब्लोन तामाङले आदिवासी जनजातिहरुको हक हित र अधिकारको निम्ति निरन्तर महत्वपूर्ण योगदान पुर्याउदै आईरहनु भएका डा. गणेश योञ्जन तामाङलाई हार्दिक धन्यवाद दिदै भविष्यमा पनि उहाँको महत्त्वपुर्ण भुमिका र निरन्तरताले सम्पुर्ण आदिवासी जनजातिहरु सहित नेपालीहरुको हित हुने कुरामा विश्वास राख्दै टोस्ट प्रस्ताव गर्नु भएको थियो। कार्यक्रममा महासंघ संग अबद्दा सम्पुर्ण एकल जातिय संस्थाहरुको अध्यक्ष तथा प्रतिनिधिहरु लगायत महासंघका सल्लाहकार तथा एन आर एन जापानका अध्यक्ष ओम गुरुङ र अन्य शुभचिन्तकहरुको उपस्थिती रहेको थियो।
कार्यक्रममा महासंघका अध्यक्ष ध्रुब भट्टचनले महामहिम डा. गणेश योञ्जन तामाङलाई नेपाल आदिवासी जनजाति महासंघ जापानको मानार्थ सदस्यता पत्र तथा सम्मान पत्र प्रदान गर्नु भएको थियो। महासंघका सल्लाहकार डा. दिनेश मानन्धरले उक्त मानार्थ सदस्यता प्रामाण पत्र प्रदान गर्नुको औचित्य माथि ब्यख्या गर्नु हुँदै नेपाल फर्किए पछि आदिवासी जनजातिहरुको हक हितको लागि आफ्नो सम्पूर्ण समय खर्चिन अनुरोध गर्नुभएको थियो।
त्यसै गरि सल्लाहकार रेख ब्लोन तामाङले महासंघको तर्फबाट राजदुत महामहिम डा. गणेश योञ्जन तामाङ तथा उपनियोग प्रमुख तथा बरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीलाई उपहार स्वरुप पुस्तक प्रदान गर्नु हुँदै आफ्नो जनजातिहरुको अगुवा डा. गणेश योञ्जन तामाङको कार्यकाललाई सफल पार्न सहयोग गर्नु भएकोमा हार्दिक धन्यवाद दिदै नेपालमा साँझा पुरस्कारद्वारा सम्मनित हुनु भएकोमा उपनियोग प्रमुख डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीज्युलाई बधाई ज्ञापन गरेका थिए। साथै उहाँलाई आगामी दिनहरुमा जत्ति ब्यस्तता नै भए पनि साहित्य क्षेत्रको लागि केही समय खर्चिनु र जस्तो सुकै कठिनाईहरु आईलागे पनि आफ्नो कलमलाई नरोक्न समेत अनुरोध गर्नु भएको थियो।
महासंघको सल्लाहकार तथा एनारएन जापानका अध्यक्ष ओम गुरुङ लगायत उपस्थित सबैले महामहिम राजदूत डा. गणेश योञ्जन तामाङ र उपनियोग प्रमुख तथा बरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीलाई खदा लगाएर शुभायात्रा र सु-स्वास्थ्यको कामना गरेका थिए।
उपनियोग प्रमुख तथा बरिष्ठ साहित्यकार डा. दुर्गा बहादुर सुवेदी क्षेत्रीकोले आफुलाई महामहिम राजदूतको लहरमा राखेर सम्मान गरेकोमा आदिवासी जनजाति महासंघ जापान र सम्पुर्ण दाज्यूभाई दिदिबहिनीहरुलाई हृदयदेखी धन्यवाद दिनुभएको छ।
त्यस्तै महामहिम राजदूत डा. गणेश योञ्जन तामाङले आफ्नो कार्यकालमा जनजाति महासंघ जापानले नजिकबाट दिएको सहयोग, दूतावाससंग गरेको सहकार्य र सात समुद्रपारि रहेर पनि आफ्नो हक हित र अधिकारको लागि आवाजहरु उठाउंदै आफ्नो देश नेपाल प्रति संधै माया गर्दै चिन्ता ब्यक्त गरिएको देख्दा पाउदा आफुलाई खुशी लागेको कुरो ब्यक्त गर्नु हुँदै सबैलाई धन्यबाद दिनु भएको थियो।
कार्यक्रममा सम्पूर्ण जातीय संस्थाहरुको तर्फाबाट नेपाल आदिवासी जनजाति महासंघ जापानका केन्द्रिय अध्यक्ष ध्रुब भट्टचनले महामहिम र उपनियोग प्रमुखलाई आफ्नो कार्यकालमा पुर्याजउनु भएको योगदान बिशेष गरी औपचारिक रुपमा दूतावासले ल्होसार पर्वको थालनी गरी परम्परा बसाई दिनु भएकोमा हार्दिक कृतज्ञ ब्यक्त गर्दै अब आउने नयाँ राजदूत र उपनियोग प्रमुखले उक्त कार्यलाई निरन्तरता दिनेछन् भन्ने कुरामा आफुलाई विश्वाश रहेको भन्दै उपस्थित सबैलाई धन्यवाद दिदै औपचारिक कार्यक्रमलाई समापन गर्नु भयो। अन्तमा कार्यक्रममा ब्यबस्था गरिएका बिभिन्न जातीय मैलिक खाना र पारिकारहरुको स्वाद संगै उपस्थित सबैले बिभिन्न आधुनिक लोक गीतहरुमा नाचगान गरि रमाईलो गर्दै कार्यक्रमलाई टुङ्याईको थियो।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment