काठमाडौ, मंसिर १४ - राष्ट्रिय सतर्कता केन्द्रले जिल्ला विकास समिति काठमाडौंको कार्यालयमा बुधबार बिहान छापा मारेर केहै महत्वपूर्ण कागजात आफ्नो नियन्त्रणमा लिएको छ ।
जिल्लामा निर्माण भएका केही सडकमा अनियमितता भएको र प्रक्रिया पूरा नगरी निर्माण कार्य भएको गुनासो आएपछि केन्द्रले जिविसमा छानविन सुरु गरेको छ । प्रमाण नष्ट हुन सक्ने आशंकाका कारण केही कागजातलाई शिलबन्दी गरिएको केन्द्रका उपसचिव शेरबहादुर ढुंगेलले बताए । सरकारले गठन गरेको सडक छानविन समितिसंग समन्वय गरेर सतर्कता केन्द्रले जिविसमा छानविन बढाएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment