Responsive Ad Slot

Latest

latest

बर्डफ्लु देखिएको क्षेत्रमा उच्च निगरानी

Tuesday, 29 November 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौ, मंसिर १४ - बर्डफ्लु भेटिएको भक्तपुरको लोकन्थली मनोहरा पुल नजिकको क्षेत्रमा उच्च निगरानी राखिएको छ । त्यहाँ निगरानी राख्न सर्विलेन्स टोली गठन गरिएको छ । टोलीले प्रत्येक साता बिहीबार पशु सेवा निर्देशनालयलाई रिपोर्टिङ गर्नेछ । ४२ दिनसम्म प्रभावित क्षेत्रमा पंक्षी पाल्नलाई निषेध गरिएको छ । भक्तपुरको २ नगरपालिका र १६ वटै गाविसमा निगरानी बढाइएको जिल्ला पशु सेवा कार्यालयका प्रमुख शिबबहादुर केसीले बताए । जिल्लामा रहेको ८ पशु सेवा केन्द्रलाई थप क्रियाशिल बनाइएको उनले जनाए । निगरानी संगसंगै प्रभावित क्षेत्रमा जनचेतना मुलक कार्यक्रमको तयारी समेत गरिएको छ ।

चन्द्रबहादुर तामाङको र्फममा हाँस र कुखुरामा कीटाणु भेटिएपछि त्यस क्षेत्रमा मंगलबार ३ सय ८ वटा कुखुरा र हाँस नष्ट गरिएको थियो ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI