Responsive Ad Slot

Latest

latest

लडाकुको आन्दोलन रोक्न प्रधानमन्त्री र अध्यक्ष दाहाल रोल्पा जाँदै

Tuesday, 29 November 2011

/ by Bikash Shah (Ghayal)
रुकुम, मङ्सिर १४- नौ बुँदे माग राख्दै आन्दोलनको घोषणा गरेका लडाकुहरुलाई सम्झाउन प्रधानमन्त्री बाबुराम भट्टराई र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल आज शिविर पुग्दैछन्। रोल्पा दहवनस्थित जनमुक्ति सेनाको पाँचौं डिभिजनमा बुधबार बिहान ११ बजे आउने कार्यकक्रम तय भएको पाँचौं डिभिजन स्रोतले जानकारी दिएको छ।

शान्ति प्रक्रिया र नयाँ संविधान निर्माणमा राजनीतिक दलहरुले गरेको ७ बुँदे सहमतिले आफूहरुको भावनालाई नसमेटेको भन्दै रोल्पाका लडाकुहरु असन्तुष्ट छन्। उनीहरुले प्रधानमन्त्री बाबुराम भट्टराई, माओवादी पार्टी, जनमुक्ति सेनाको हेड क्वार्टर समेतलाई मङ्सिरर ९ गते नै नौ बुँदे ज्ञापन पत्र पेश गरेका थिए।
उनीहरुले दिएको अल्टिमेटम गत सोमबार सकिएपछि मंगलबारदेखि आन्दोलनको घोषणा गरेका थिए। उनीहरुले घाइते तथा अपांग योद्धा संघ गठन गरी आन्दोलनको तयारी गरेका थिए।

आफ्ना माग बारे सरकार र पार्टी गम्भीर नभएकाले आन्दोलनको घोषणा गरेको लडाकु राजेन्द्र रावतले जानकारी दिए। रोल्पा शिविरमा भेटघाट गरेपछि प्रधानमन्त्री भट्टराई र माओवादी अध्यक्ष दाहाल नवलपरासी र चितवनको शिविरहरुमा जाने कार्यक्रम रहेको माओवादी स्रोतले जनाएको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI