Responsive Ad Slot

Latest

latest

राहदानी दुरुपयोग गर्ने सभासद बिरुद्ध मुद्धा दायर

Tuesday, 29 November 2011

/ by Bikash Shah (Ghayal)
काठमाडौ, मंसिर १४ - कूटनीतिक राहदानी दुरुपयोग गरी भ्रष्टचार गरेको अभियोगमा सभासद शिबपुजन राय यादवबिरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सभासद् राय, अध्यागमनका ३ कर्मचारी र दुरुपयोगमा संलग्न ३ व्यक्तिविरुद्ध १ करोड ९८ लाख रुपैंया बिगो मागदाबीसहित मुद्दा दायर गरेको हो ।

अभियुक्तलाई २२/२२ लाख रुपैयाँ बिगो माग दाबी गरिएको आयोगका प्रवक्ता इश्वरी प्रसाद पौड्यालले बताए । उनका अनुसार सभासदसहितका अभियुक्तहरुले राहदानी दुरुपयोग गरेर भ्रष्टचार गरेको देखिएको छ । अध्यागमनका कर्मचारीको सुब्बा रमेश लम्साल, बरिष्ठ अध्यागमन सहायक देबीदत्त खत्री र कम्प्युटर अधिकृत इन्द्र कुमार सुनुवारको संलग्नता देखिएकाले मुद्दा दायर भएको छ ।

यस्तै राहदानी दुरुपयोगको मिलेमत्तोमा गोपाल बानियाँ, मनोज कुमार कार्की, देबेन्द्र पौडेल, सन्तोषराज उप्रेती र आशिष भन्ने डिलबहादुर घर्तीबाट २२/२२ लाख रुपैंयाको बिगो माग दाबी गरिएको छ । पक्राउ परेका ७ जनालाई आयोगको थुनुवा कक्षमा राखिएको छ । सन्तोषराज उप्रेती र आशिष भन्ने डिलबहादुर घर्ती फरार छन् ।

बिशेष अदालतमा भेटिएका सभासद् यादबले आफुलाई विदेशको कार्यक्रममा पठाउने भनेपछि सर्लाहीको सन्तोष उप्रतीलाई रहादानी दिएको बताए । उनले भने ‘मेरो राहदानीमा अरुलाई पठाउन दिएको होइन । आफै विदेश जान दिएको हुँ । दुरुपयोग गरेको छैन ।’ उनले त्यो कुटनीतिक राहदानी प्रयोग गरेर कुनै देश नगएको बताए । राय यादबलाई गत असोजमा प्रहरी मुख्यालयको केन्द्रिय अनुसन्धान ब्युरोले यसअघि नै पक्राउ गरि जिल्ला अदालत बुझाएपछि धरौटीमा रिहा भएका थिए । त्यो लगत्तै उनलाई आयोगले पक्राउ गरेको थियो ।

५ सभासद्ले राहदानी अझै बुझाएका छैनन्

संसद सचिवालयले राहदानी उपलब्ध गराउन पटक–पटक ताकेता गर्दा पनि ५ जना सभासदहरुले कुटनैतिक राहदानी उपलब्ध गराएका छैनन् । पाँच महिना अघिदेखि सभासदको राहदानी उपलब्ध गराउन संसद सचिबालयले सभासदलाई आग्रह गरेको थियो । यसले राहदानी दुरुपयोग भएका बिषयमा प्रहरीलाई अनुसन्धान गर्न अप्ठ्यारो परेको प्रहरीले जनाएको छ । प्रहरी प्रधान कार्यालयको केन्द्रिय अनुसन्धान ब्युरोले ७ पटक संसद सचिबालयलाई सभासदको राहदानी उपलब्ध गराउन पत्राचार गरिसकेको छ ।

मधेशी जनाधिकार फोरम गणतान्त्रिककी सलमा खातुन मिक्रानी र सबितादेबी यादब, फोरम लोकतान्त्रिककी निलम बर्मा र ओमप्रकाश यादबको राहदानी प्रहरीले मागेको छ । यस्तै एमालेका प्रकाश पाख्रिनले पनि राहदानी उपलब्ध नगराएको प्रहरीले जनाएको छ । सर्लाहीबाट प्रत्यक्ष निर्वाचित पाख्रिनले ससंद सचिबालयमा राहदानी हराएको निवदेन दर्ता गराएका छन् ।

संसद सचिबालयका उपसचिब सुरजकुमार दुराले सभासदहरुले उपलब्ध नगराएका कारण राहदानी प्रहरीलाई दिन नपाएको बताए । ‘प्रहरी र अख्तियारको पत्र प्राप्त भएपछि उहाँहरुलाई जानकारी गराएका छौं’ दुराले ईकान्तिपुरसंग भने ‘उहाँहरुले उपलब्ध गराउनु भएको छैन ।’

परराष्ट्र मन्त्रालयका एक बरिष्ठ अधिकृतले लामो समयसम्म राहदानी उपलब्ध नगराउनुले दुरुपयोग भएको आशंका गरेको बताए । ‘अनुसन्धानका लागि पटक पटक ताकेता गर्दा उपलब्ध नगराउनु आश्चार्यजनक हो’ ति अधिकृतले भने ‘देश बाहिर गएका कारण २/४ हप्ता ढिलो हुनुले खासै महत्व नराख्ला, तर ५ महिनासम्म पनि नदिनु नियत गलत भएको पुष्टि गर्छ ।’

प्रहरीले सभासदको नाममा बिदेशबाट आउने निम्तापत्र, आयोजक संस्था लगायतको बिबरणका आधारमा राहदानीको दुरुपयोगबारे अनुसन्धान गर्ने गरेको छ । ‘स्वास्थ्यसंग सम्बन्धित सम्मेलन अष्ट्रेलियामा भनिएको हुन्छ, विशेषज्ञ व्यक्ति जानु पर्नेमा साधारण लेखपढका सभासद्लाई निम्तापत्र आउनु शंकास्पद देखिन्छ । अनुसन्धान यहीबाट सुरु हन्छ’, ब्युरोका एक अधिकृतले भने ‘साधारण लेखपढ गरेका सभासद त्यो सम्मेलनमा सहभागि हुनु भनेको असम्भब जस्तै हो ।’

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI