Responsive Ad Slot

Latest

latest

महेन्द्र राजमार्गमा ट्रकले किचेर तीन जनाको मृत्यु

Wednesday, 30 November 2011

/ by कृष्णपक्ष थापा
ट्रकले किचेर महेन्द्र राजमार्गमा पर्ने धनुषाको पुष्पवलपुरमा तीन जनाको मृत्यु भएको छ।


दुर्घटनामा अन्य एक जना गम्भीर घाइते भएको छन्। पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ३ ख ५६११ नम्बरको ट्रकले किचेर पुष्पवलपुर -८ का ५० वर्षीय अष्टबहादुर श्रेष्ठ, ६ वर्षीया सीमा घिसिङ र ८ वर्षीया रीमा घिसिङको मृत्यु भएको हो।

इलाका प्रहरीका इन्चार्ज इन्स्पेक्टर हिरण यादव का अनुसार श्रेष्ठ र सीमाको घटना स्थलमै मृत्यु भएको थियो भने रीमाको उपचारकालागि जनकपुर अञ्चल अस्पताल ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो।ट्रक र चालक प्रहरी नियन्त्रणमा रहेको यादवले बताए।

दुर्घटनामा गम्भिर घाइते भएका ८ वर्षीय रोशन श्रेष्ठको जनकपुर अञ्चल अस्पतालमा समान्य उपचारपछि थप उपचारकालागि विराटनगर स्थित न्युरो अस्पताल लगिएको छ।

No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI