Responsive Ad Slot

Latest

latest

NRN जापानद्वारा अन्तर्राष्ट्रिय महोत्सबमा विविध कार्यक्रम प्रस्तुत

Wednesday, 30 November 2011

/ by कृष्णपक्ष थापा
योकोहामा । जापानको कानागावा प्रीफेक्चरको योकोहामा शहरमा आयोजित प्रीफेक्चरकै वर्षकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय महोत्सब “अर्थ फेष्टा” मा गैरआवासिय नेपाली संघ एनआरएन जापानले नेपाल चिनाउने कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम गत आईतबारका योकोहामामा सम्पन्न भएको हो । कानागावा प्रीफेक्चर टोक्यो नजिक रहेको र यहाँ विभिन्न देशका विदेशीहरु पनि बढिमात्रामा बसोबास गरेको पाईन्छ ।

अर्थ फेष्टामा विभिन्न देशका भेषभुषा, नाँचगान,खेल,फुड फेष्टिबल लगाएतका कार्यक्रम गरिएका थिए । नेपालको तर्फबाटपनि एउटा स्टलनै राखी नेपाल चिनाउने कार्यक्रम गरिएको थियो । अङग्रेजी तथा जापानीमा लेखिएका पोष्टहरु बाड्नुका साथै नेपाली मसला चिया बनाई जापानीहरु एंवम् कोरिया, ईन्डोनेशिया, चाईना, भेतनाम लगाएतका विदेशीहरुलाई पनि बाँडिएको एनआरएन जापानले टोक्यो नेपाललाई जानकारी दिएको छ ।






No comments

Post a Comment

Don't Miss
© all rights reserved
made with by netKUTI