१४ मंसिर, काठमाडौँ । माओवादी अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री बाबुराम भट्टराई माओवादी लडाकुको शिविर अवलोकनका लागि कैलालीको तालबन्दस्थित सातौँ डिभिजन मुख्यालय पुग्नुभएको छ ।
केही अरु नेतासमेत लिएर प्रचण्ड र बाबुराम शिविर अनुमगमनका लागि बिहान सातबजे हेलिकोप्टरमा राजधानीबाट तालबन्दका लागि प्रस्थान गर्नुभएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार रामरिझन यादवले तालबन्दबाट सुरु भएको शिविर निरीक्षणको क्रम सुर्खेत दशरथपुरस्थित छैटौँ, रोल्पाको दहवनस्थित पाचौँ र चितवनको शक्तिखोरमा रहेको तेस्रो डिभिजनमा आएर सकिने अनालइनखबरलाई जानकारी दिनुभयो ।
‘निरीक्षण भ्रमणका क्रममा उहाँहरुले लडाकु वर्गीकरण र समायोजन प्रक्रियाबारे उपाध्यक्ष मोहन बैद्य समूहले छरेको भ्रमका बारेमा स्पष्ट गर्ने काम गर्नुहुनेछ’ नयाँबजार स्रोतले भन्यो । बैद्य समूहले पार्टी नेतृत्वले आत्मसमर्पण गरेर लडाकुको विघटन गरेको आरोप लगाउँदै समोयाजन प्रक्रियामा समेल नहुन अपिल जारी गरेको थियो । यद्यपि बैद्यको अपिललाई अस्वीकार गर्दै अधिकांश लडाकुले सहमति स्वीकार गरी प्रक्रियामा सहभागिता जनाएका छन् ।
‘वर्गीकरपछिको अवस्थाबारे जान्न र दलहरुबीच भएको समायोजन र पुनस्र्थपनासम्बन्धी सहमितका विषयमा जानकारी गराउनु उहाँहरु जानुभएको हो’, सल्लाहकार यादवले भन्नुभयो, ‘लडाकुहरुले पार्टी नेतृत्वसँग बसेर सबै विषयमा स्पष्ट हुन पनि चाहेका थिए ।’ प्रचण्ड र भट्टराईले सबै शिविरमा रहेका लडाकुलाई एकत्रित गरी पछिल्लो राजनीतिक अवस्था र समायोजनसम्बन्धी सम्झौताबारे धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ । अहिले तालबन्दस्थित शिविरमा त्यहाँ रहेका उपल्ला लडाकु कमाण्डरसँग अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री भट्टराईले छलफल गरिरहनुभएको छ ।
Subscribe to:
Post Comments (Atom)
No comments
Post a Comment